• २१ वैशाख २०८१, शुक्रबार

तीन बङ्गलादेशी नागरिक पक्राउ

blog

काठमाडौं, चैत ३० गते । प्रहरीले नेपाल प्रवेश गरी गैरकानुनी तवरले बसिरहेका तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार गैरकानुनी रूपले बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिमा समेत संलग्न रहेको भन्ने सूचनाको आधारमा २७ वर्षीय राना अहमेद, २४ वर्षीय रोकिम होसिन र ३० वर्षीय सुमन शाजहान पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौँको ठमेल क्षेत्रबाट भिसा अवधि समाप्त भएपश्चात् पनि त्यसरी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ ।