• २१ वैशाख २०८१, शुक्रबार

निःशुल्क आयुर्वेद सेवा

blog

ज्येष्ठ नागरिक सङ्घ जुम्लाको कार्यालयमा फार्मेसीसहितका सेवा उद्घाटन । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, चैत ३० गते । ज्येष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिन थालिएको छ । चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सङ्घको कार्यालयभित्रै विभिन्न प्रकारका सेवा सुरु गरिएको छ ।

नगरपालिकाले २० लाख लागतमा आयुर्वेद फार्मेसी कक्षमा आयुर्वेद औषधी खरिद, स्नेह कक्ष, आराम कक्ष तथा आयुर्वेद वाफ कक्षको व्यवस्थापन गरेको छ । ज्येष्ठ नागरिकलाई चन्दननाथ नगरपालिका–१० को आयुर्वेद अस्पतालमा जान टाढा र कठिन भइरहेकाले सदरमुकाममै ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालेपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । जिल्ला ज्येष्ठ नागरिक सङ्घ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले ज्येष्ठ नागरिककै कार्यालयमा जनशक्तिसहितको आयुर्वेद औषधी तथा विभिन्न सेवा दिँदा बढी लाभ हुने बताउनुभयो । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिकको सेवा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो ।