• २० वैशाख २०८१, बिहिबार

गम्भीर घाइते वृद्धाको हेलिकप्टरमार्फत उद्धार

blog

आगलागीमा परी गम्भीर घाइते वृद्धाको उद्धार गरिदै ।

नवराज श्रेष्ठ

रामेछाप, चैत २९ गते । रामेछापको मन्थली नगरपालिका –९ पुराना गाउँमा आगलागीमा परी गम्भीर घाइते एक वृद्धालाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । 

बिहीबार बिहान आगलागीमा परी गम्भीर घाइते भएको वृद्धाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बिहान आफ्नै बारीमा सुकेको पात, झ्यास जलाउने क्रममा शरीरमा आगो सल्किएर घाइते हुनु भएकी मन्थली नगरपालिका–९ पुरानागाउँ लामा टोलकी ८५ वर्षीया लालमाया तामाङ गम्भीर घाइते हुनुभएको थियो । 

घाइते लामालाई उपचारका लागि श्रीयरलाइन्स कम्पनीको हेलिकप्टरमार्फत् कीर्तिपुर स्थित बर्निङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।