• २२ वैशाख २०८१, शनिबार

गायिका ममताको ‘प्रशंसा’ सार्वजनिक

blog

काठमाडाैं, चैत २८ गते । गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३: १ देखि ५ बाट लेखिएको हो ।

यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो । गीतमा शब्द र सङ्गीत लिदिया लामाको छ । गीतमा कोरस स्वर विमला, पवित्रा र शारदाको छ।

गीतको भिडियोमा देवीसरा बादी फिचर्ड हुनुहुन्छ भने देवीसराले बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाउन प्रयास गरिरहनुभएको छ । उहाँ बादी समुदायको शिक्षाका लागि २ दशकदेखि निरन्तर लागिरहनुभएको छ । 

उहाँसँगै भिडियोमा एचसीएम ब्याण्डलाई देख्न सकिन्छ। दिनेश पराजुली र विशाल थापाले खिच्नुभएको भिडियोको निर्देशन गणेश शाहले गर्नुभएको हो । यस्तै, ‘प्रशंसा’ का गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल हुनुहुन्छ भने भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो ।