• २० वैशाख २०८१, बिहिबार

लागूऔषधसहित दुई महिला पक्राउ

blog

काठमाडौँ, चैत २८ गते । सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागूऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका-९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागूऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ । यसैगरी परियारको साथबाट प्रहरीले छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट  चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागूऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।” रासस