• २० वैशाख २०८१, बिहिबार

दशरथ रङ्गशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स प्रालिलाई जिम्मेवारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रङ्गशाला मर्मत गरी खेल्न योग्य बनाउन माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिलाई जिम्मेवारी दिएको छ । 

राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रङ्गशाला तयार गर्न प्रालिलाई जिम्मेवारी दिएको हो । तर माउन्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ । प्रालिका निर्देशक थमन भुसालले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको बताउनुभयो । भविष्य नयाँ प्रविधि प्रयोग गरेर यो रङ्गलालाई राम्रो बनाउने भुसालको विश्वास छ ।  

विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ । उक्त ‘होम म्याच’ दशरथ रङ्गशालामा नै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ । यद्यपि त्यसको लागि एन्फाको भूमिका पनि महत्वपूर्ण हुने राखेपले उल्लेख गरेको छ । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रङ्गालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भएको थियो । मैदान खेल्न योग्य नहुँदा नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनु परेको थियो । 

एएफसीका प्रतिनिधिले नै निरीक्षण गर्दै दशरथ रंगशालामा खेल्नयोग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको हो । त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो । त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ । 

हाल माउन्टट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिले दशरथ रङ्गशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाईरहेको छ । राखेपले सो कम्पनीलाई काम गर्न ठेक्का दिएको हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशका प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको बताउनुभयो । अब एन्फाले दशरथ रङ्गशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ ।

अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रङ्गशालामा नदिने स्पष्ट पारेको छ । रङ्गशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रङ्शालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ ।

राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रङ्गशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने पनि जनाएको छ । खेल्नका लागि योग्य खेल मैदानमा बनाइराख्न राखेपले काम गर्ने राखेप सदस्यसचिवको भनाइ छ । यदि यो मैदानमा कसैले आगामी दिन खेल हुन योग्य छैन भन्नुभन्दा अगाडि राखेपसँग पनि सहकार्य गर्न उहाँको आग्रह छ ।