• २५ वैशाख २०८१, मङ्गलबार

बझाङ-१ मा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने जसपाको निर्णय

blog

बझाङ १ मा जसपाले उम्मेदवार बनाएको पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्री ।

काठमाडौं, चैत २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार उठाउने भएको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको थियो । उहाँ केन्द्रीय सम्पर्क समितिका अध्यक्ष पनि हुनुहुन्छ ।

इलाममा भने जसपाले पहिचान पक्षधरको तर्फबाट उम्मेदवार बनेका भनिएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ ।