• २४ वैशाख २०८१, सोमबार

‘नेपाल डे परेड’ को तयारी तीव्र

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २२ गते । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघलगायत क्यालिफोर्नियाको सक्रिय सङ्घ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १४ मा हुने ‘नेपाल डे परेड’ को तयारी तिव्र बनाइएको छ ।

नेपाल डे अघि अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना हुने आयोजकको भनाइ छ । सानफ्रान्सिस्को शहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो । ९ अप्रिल २०२२ मा आयोजना गरेको परेडमा चार हजारभन्दा बढ़ीको सहभागिता रहेको थियो । परेडमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले जानकारी दिनुभयो । 

अब प्रत्येक वर्ष नयाँ वर्षको अबसर पारी क्यालिफ़ोर्नियाको फरक–फरक सिटीमा आयोजना गरिने कुरा अध्यक्ष ओझाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले  जानकारी दिनुभयो । 

आयोजकले सहभागी हुन चाहने टोलीलाई समूह दर्ता गर्न आग्रह गरेको छ । दर्ता शुल्क पाँच सय रुपियाँ तोकिएको आयोजकले जनाएको छ । परेडमा  क्यालिफ़ोर्नियाको सङ्घसंस्थाहरु आफ्नो ब्यानरमा र उपस्थित सबै नेपाली पोशाक र नेपाली झण्डामा उपस्थित हुनुपर्ने आयोजकले जानकारी गराएको छ । परेडका लागि लगभग सबै तयारी पूरा भएको जनाइएको छ । परेडले नेपाली समुदाय र क्यालिफ़ोर्निया राज्य सरकारसँगको सम्बन्धमा राम्रो घनिष्ठता बढ्ने अध्यक्ष ओझाले बताउनुभयो ।