• २० वैशाख २०८१, बिहिबार

आर्मीलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा

blog

बल खोस्ने प्रयासगर्दै आर्मी र सुदूरपश्चिमका खेलाडी । तस्बिर : गोरखापत्र

जानु पाण्डे

कपिलवस्तु, चैत २० गते । नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सुदूरपश्चिम–११ तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार सम्पन्न खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सुदूरका अविनाश थापा, धिरेन्द्र शाह, विष्णु चौधरी, बुद्धदेव शाहीले गोल गर्नुभयो । आर्मीका वसन्त तामाङ, मानबहादुर आलेमगर, सरोज श्रेष्ठले मात्र गोल गर्नुभएको थियो । आर्मीको तर्फबाट अन्तिममा पेनाल्टी प्रहार गर्न आउनु भएका जीवन कुमारको प्रहार असफल भएपछि आर्मी पराजित भयो ।

सुदूरपश्चिमका गोलकिपर दीपक बोहरा म्यान अफ दि म्याच चुनिनुभयो । सुदूरपश्चिमले सेमिफाइनलमा हनामी विएफसीसँग बिहीबार खेल्नेछ । बुधवार थ्रिस्टार र नेपाल पुलिस क्लब बिच पहिलो सेमिफाइनल खेल हुनेछ ।