• २० वैशाख २०८१, बिहिबार

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै पुलिस र साहाराका खेलाडी । तस्बिर : गोरखापत्र

जानु पाण्डे

कपिलवस्तु, चैत १९ गते । नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले ४८औँ मिनेटमा गोल गर्नुभयो । उहाँले पृथ्वी चौधरीको पासमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । 

साहाराले दोस्रो हाफमा पाएको पेनाल्टीको अवसर गुमाउँदा हार खेपेको हो । डिबक्स भित्र पुलिसका खेलाडीले ह्यान्ड गरेपछि साहाराले पेनाल्टी पाएको थियो । जसमा साहाराका कप्तान सुशील लामाको प्रहारलाई पुलिसका गोलरक्षक सन्जीत श्रेष्ठले रोक्नुभयो । पुलिसले सेमिफाइनलमा थ्रिस्टार क्लबको सामना गर्नेछ ।