• १३ साउन २०८१, आइतबार

‘देश विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’

blog

मधेश प्रदेशको प्रथम साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रक्षामन्त्री हरिप्रसाद उप्रेती । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, चैत १६ गते । सङ्घीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । धनुषाको ढल्केबरमा आयोजित मधेश प्रदेश उद्योग परिसङ्घको प्रथम साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

रक्षामन्त्री उप्रेतिले मुलुकको समग्र अर्थतन्त्रलाई लिएर उद्योगी, व्यवसासइले निराशाको कुरा मात्रै गर्नु नहुने बताउँदै निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

विश्वका ठूलो अर्थतन्त्र भएको मुलुक चीन र भारत पनि कुनै समय आर्थिक सङ्कटबाट गुज्रिएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अब निराशाको कुरा गरेर मात्रै फाइदा छैन। उद्योगी, व्यवसायी उर्जाशील भएर लाग्नुपर्छ तब मात्र यो सङ्कबाट पार पाउन सकिन्छ ।” मुलुकको अर्थतन्त्र बलियो बनाउने जिम्मेवारी उद्योगी, व्यवसायीको काँध रहेको उहाँको भनाइ छ । 

रक्षामन्त्री उप्रेतीले मधेश प्रदेशका उद्योगी व्यवसायीहरुको समस्या समधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशमा थुप्रै प्रसिद्ध धार्मिक स्थल भएकाले धार्मिक पर्यटन विकास जोड दिनुपर्ने धाणा राख्दै भारतको अयोध्या भ्रमणमा आउने पर्यटकमध्ये पाँच प्रतिशतलाई पनि जनकपुरधाम भित्रियाउन सके अर्थतन्त्रको खुड्किलो चढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधामको विकासका लागि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग प्रस्ताव गरेको र उताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । 

कार्यक्रममा उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेश अग्रवालले उत्पादनमा लागत घटाउन थप भन्सार नाका खोल्नुपर्ने बताउनुभयो । मधेश प्रदेशको मध्य भागमा रहेको उद्योगका लागि वीरगङज र विराटनगर भन्सार नाका भएर कच्चा पदार्थ आयात गर्नुपरेकाले उत्पादन लागत बढेर महङ्गो भएको बताउँदै उहाँले धनुषाको जटही र महोत्तरीको भिठ्ठामोड भन्सार नाकाबाट पनि कर्चा पदार्थ आयात गर्ने प्रबन्ध सरकारले मिलाउनुपर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "छिमेकी मुलुक भारतमा अनुदानमा सामान उत्पादन हुन्छ । हामीले ऋणमा उत्पादन गर्छौँ । अनि कसरी प्रतिस्पर्धामा गर्न सक्छौँ । त्यसैले उत्पादन लागत घटाउने विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ ।"