• १५ वैशाख २०८१, शनिबार

तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा

blog

काठमाडौँ, चैत १५ गते । काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा अहिले वर्षा भइरहेको छ ।अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ ।  मौसमविज्ञान विभाग अन्तर्गतको जल  तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बागमती, गण्डकी र कोशी प्रदेशमा वर्षा भइरहेको छ । 

महाशाखाका मौसमविद् शान्ति कँडेलले यी प्रदेशमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बागमती, कोशी र गण्डकी प्रदेशका सबैजसो ठाउँमा आगामी तीन दिन नै वर्षाको सम्भावना छ, अन्य केही स्थानमा हल्का वर्षा मात्र हुने देखिन्छ । 

मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको उहाँले बताउनुभयो  ।