• १३ साउन २०८१, आइतबार

समसामयिक विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

blog

बालुवाटारमा भेट गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, चैत ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। 

नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका प्रधानमन्त्री प्रचण्डसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको हो। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताउनुभयो।

उहाँले भन्नुभयो,  ‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो, अहिलेको समसामयिक विषयमा छलफल भएको छ।’

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो।