• १५ वैशाख २०८१, शनिबार

इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

blog

उत्तरी वेस्ट, चैत ८ गते । उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको थियो बताउनु भयो ।

प्यालेस्टिनी स्रोतहरूले ड्रोनले गाडीलाई निशाना बनाएको थियो । यसैबिच इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसले जेनिनमा एउटा कारमा चार प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । जसमध्ये दुई वरिष्ठ इस्लामिक जिहाद सदस्यहरू थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल