• ७ जेठ २०८१, सोमबार

पलेशा पारा ओलम्पिकमा छनोट

blog

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ।

काठमाडौँ, चैत ४ गते । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा छनोट हुनुभएको छ । चीनमा जारी एसियन छनोट खेलमा पलेशाले के४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिक यात्रा पक्का गर्नुभएको हो ।


आइतबार भएको फाइनलमा पलेशाले इरानी खेलाडी लेल्ला मिर्जाइलाई पराजित गर्नुभयो । त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो ।

पलेशाको प्रशिक्षकमा कविराज नेगी लामा हुनुहुन्छ । नेगीकै प्रशिक्षणमा पलेशाले यसअघि एसियन गेम्स लगायत प्रतियोगितामा नेपाललाई पदक दिलाउँदै आउनुभएको थियो । 


यससँगै पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । उहाँले गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा काँस्य पदक जित्नुभएको थियो ।