• १३ साउन २०८१, आइतबार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत ४ गते । महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन् ।

जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नं. ३ दोलाठीमा शनिवार राति ८ बजे जलेश्वर बर्दिबास सडक खण्डमा नम्बर नखुलेको चार पाङ्ग्रे गाडीको ठक्करबाट मोटरसाइकल चालक रामगोपालपुर ८ बिर्ता बस्ने अमित कुमार मण्डलको मृत्यु भएको हो । त्यसै गरी मोटरसाइकलमै सवार सोही ठाउँका अजय मण्डल सिकिस्त घाइते छन् । उनलाई थप उपचारको लागि जनकपुर पठाइएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीप कुमार गिरीले नम्बर नखुलेको चार पाङ्ग्रे गाडीले प्र २–०२–००३प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जानकारी दिनुभयो ।  

दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुराइएकोमा प्रहरीले अमितलाई मृत घोषित गरेका थिए । जिल्ला प्रहरी कार्यालयले ठक्कर दिएर फरार रहेका चार पाङ्ग्रे गाडीको खोजतलास सुरु गरिएको जनाएको छ ।