खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी
खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् ।
गोरखापत्रका पूर्व संवाददाता एवम् वरिष्ठ पत्रकार चौधरीको निधन
महोत्तरीका वरिष्ठ पत्रकार बैधनाथ चौधरीको आइतबार बिहान निधन भएको छ । विगत केही समयदेखि रुघाखोकी, दमलगायत स्वास्थ्य समस्याबाट अस्वस्थ भई उपचाररत रहनुभएका ६७ वर्षीय चौधरीको आज बिहान करिब ५ बजे महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली बनौलीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिकले जनाएको छ ।
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६, ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीय बालिका रोजिना साउदको उपचारका क्रममा मृत्यु भएको हो ।
गोरखापत्र संस्थानका पूर्व कर्मचारी बज्राचार्यको निधन
गोरखापत्र संस्थानका पूर्व कर्मचारी चन्द्रावती बज्राचार्यको शनिबार निधन भएको छ । संस्थानको कम्प्युटर शाखामा सहायक कम्प्युटर अधिकृत बज्राचार्य शनिबार अपराह्न ४ बजे आफैँ घरको बाथरुममा नुहाउने क्रममा निस्सासिएर बेहोस भएको अवस्थामा फेला पर्नुभएको थियो ।
गोरखामा ३४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
गोरखामा ३४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । शनिबार लायन्स आँखा सेवा केन्द्रले आँखामा समस्या देखिएका विभिन्न ३४ जना मोतियाबिन्दुको बिरामीको निःशुल्क उपचार गरिएको हो ।
‘डग स्निफिङ’ सहित सघन जाँच
निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं. ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ ।
राष्ट्रपति रनिङ शिल्डमा १७ स्वर्णसहित मैवाखोलाको अग्रता
ताप्लेजुङमा जारी जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले अग्रता लिएको छ । शनिबारसम्ममा विभिन्न विधामा १७ वटा स्वर्ण पदक जित्दै प्रतियोगितामा मैवाखोलाले अग्रता बनाएको हो ।
चितवन–२ : मतपरिणाम उल्ट्याउने दाउमा ठुला दल
चितवनको निर्वाचन क्षेत्र नम्बर २ लाई यस पटक पनि सबैले चासोपूर्वक हेरिएको छ । अघिल्लो दुई वटा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएको क्षेत्र हो ।
कर्णालीको मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निष्पक्ष कलम चलाउने प्रतिबद्धता
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गण्डकी प्रदेशका पत्रकारले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र निष्पक्ष रूपमा कलम चलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाही–१ मुख्य दलबिच रोचक प्रतिस्पर्धा
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा तीन जना पूर्वप्र
यो निर्वाचनपछि विश्राम लिने घोषणा
राजनीतिमा टिकिरहनु मात्र चुनौती होइन, पटक पटक मतदाताको कठघरामा उभिनु झन् ठुलो परीक्षा हो । यही परीक्षामा २०४८ सालदेखि निरन्तर सहभागी हुँदै आएका दुई अनुभवी नेता पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रुपन्देही–४ का सर्वेन्द्रनाथ शुक्ला यस पटक आठौँ पटक चुनावी मैदानमा उत्रिनुभएको छ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो समयसम्म निरन्तर चुनावी यात्रा तय गरेका यी दुई नेता अपवादकै रूपमा देखिनुभएको छ ।
उम्मेदवारको पर्खाइमा ओलेनावासी
बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी यतिबेला गाउँमा उम्मेदवारको पर्खाइमा बसेका छन्। २०७६ सालदेखि यो बस्ती पहिरो र नदी कटानको उच्च जोखिममा रहँदै आएको छ।
मतदाताका पुरानै गुनासो
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो पटक बैतडीमा प्रायः सबैजसो नयाँ अनुहार चुनावी दौडमा निस्किएका छन् । भोट माग्न उम्मेदवार गाउँबस्तीमा पुग्दा अधिकांश मतदाताले रोजगारी नपाएको, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार नपाएको पुरानै गुनासो दोहो¥याएका छन् ।
पूरा भएनन् बादी समुदायका माग
वीरेन्द्रनगर नगरपालिका–११ को बादी समुदायको बस्ती भेरी नदी र झुप्राखोलाको दोभानमा छ । सदरमुकाम वीरेन्द्रनगर बजारदेखि करिब १० किमीनजिकै उक्त बस्ती भए पनि त्यहाँ प्रत्येक निर्वाचनमा विकास गर्ने आश्वासन दिइन्छ तर पूरा हुँदैन । बादी समुदायले नदी र खोला किनारको बस्ती भएकाले स्थानान्तरणको माग गरेका छन् । बादी बस्तीले हरेक निर्वाचनमा राख्ने यो माग भने अहिलेसम्म पूरा नभएको उनीहरू बताउँछन् ।
आमाको पीडा : छोरी पराइघर, छोराको स्वर्गवास
जन्ती लिएर फर्किंदै गरेकाहरूमा यात्रा गरिरहँदा खुसी र उत्साह थियो । दुलहीको घरबाट हिँडेको करिब १५–२० मिनेटमै त्यो खुसी पुर्चौडीको एउटा उकालो घुम्तीमा शोकमा बदलियो । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार साँझ भएको बस दुर्घटनाले १३ जनाको ज्यान लियो भने ३४ जना घाइते भए ।
चुनावी एजेन्डा : पेट्रोलियम पदार्थ उत्खनन
दैलेखमा उम्मेदवार चुनावी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । दैलेखका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २१ जना उम्मेदवारले मतदातालाई आफ्नो चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
थारू मौलिकताको पहरेदार मनकुमारी
बदलिँदो समयसँगै लोपोन्मुख बन्दै गएको थारू समुदायको मौलिक वेशभूषा, कला र परम्परागत न्याय प्रणाली जोगाउन एक महिला अगुवाको भूमिका उदाहरणीय बन्दै गएको छ ।
सल्यानमा उम्मेदवारलाई मतदाताको प्रश्न - बाचा पूरा नभए के हुन्छ?
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय भएका छन्। यस पटक मतदाता विगतभन्दा बढी सचेत देखिएका छन्। उनीहरूले उम्मेदवारले दिएका प्रतिबद्धता मात्र होइन, ती पूरा गर्न स्पष्ट योजना समेत खोजिरहेका छन्।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
सुन्तला टिपेर पनि मनग्य आम्दानी !
२० रोपनी जमिनमा फैलिएको सुन्तला बगान । बोट नै झुल्ने गरी लटरम्म फलेका पोषिला सुन्तलाका टिप्दै गरेका दर्जनबढी कामदार । कोही सुन्तलाको ग्रेडिङ गर्दै कोही सुन्तला डोकोमा बोकेर क्रेटसम्म पुर्याउँदै ।
कांग्रेसको चुनावी अभियान मधेशबाट, पहिलो सभा जनकपुरधाममा
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै फागुन ६ गतेदेखि औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ ।