ऐनापहरामा आन्तरिक पर्यटक
तनहुँको ऑबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा शनिबार आन्तरिक पर्यटकको भीड । ऐनापहरा पछिल्लो समय पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ ।
स्वदेशी पोशाक राख्न विद्यालयलाई उपमहानगरको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका विद्यालयहरूलाई स्वदेशी कपडाको पोशाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
“युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै”
बोस्निया तथा हर्जेगोभिनामा हालै गरिएको एक सर्वेक्षणअनुसार, यदि अहिले जनमत सङ्ग्रह गरियो भने करिब ६९.९ प्रतिशत नागरिकले युरोपेली सङ्घमा सामेल हुने पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने नगर प्रमुखका स्वकीयविरुद्ध जाहेरी
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल
म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य ।
कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताको जोड
नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो।
आइतबारदेखि त्रियोग चेस
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ।
अभिनेता हमाल कर्णालीको ‘ब्रान्ड एम्बेस्डर’
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले अभिनेता राजेश हमाललाई आफ्नो ‘ब्रान्ड एम्बेस्डर’को रूपमा अनुबन्धित गरेको छ ।
भुटानमाथि नेपालको सानदार जित
बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
नेपाल जिम्न्याष्टिक सङ्घको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
सङ्खुवासभामा दुई पक्की पुल सञ्चालन
सङ्खुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्।
मधेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
मधेश प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ।
गोरखामा ५५ किलोमिटर सडक कालोपत्रे
गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरिका ११ वटा पालिकामा ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो।
गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।
जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव
संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।
सानीभेरी नदी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, चौतारा गाउँ र सानीभेरी नदी आसपासको दृश्य ।
सिरिया-इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
सिरियाको ड्रुज समुदाय बसोवास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबिच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु
युक्रेनको ओडेसा सहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
कारागार भत्किएपछि कैदीबन्दीहरूको स्थानान्तरण
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको छ ।
अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।
भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन
भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।
दुई पटक टी-२० विश्वकप खेलेको नेपाल तेस्रो यात्राको तयारीमा
सन् २०१४ र त्यसको १० वर्षपछि सन् २०२४ मा गरी दुई पटक टी-२० विश्वकप खेलेको नेपाल अहिले फेरि विश्वकप छनोटको तयारीमा जुटेको छ ।