अनुत्तीर्णलाई लाइसेन्स बाँड्ने कर्मचारीमाथि मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता गरेको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
काठमाडौँ महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी गर्ने तीन पक्राउ
नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
मधेस निर्माणका लागि सङ्घर्ष जारी छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा आठ जिल्ला समेटिएको मधेस प्रदेश बनेको उल्लेख गर्दै २२ जिल्लाको मधेस निर्माणका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।
सल्यान फाँटको तरकारी
बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ स्थित सल्यानको फाँट यतिखेर तरकारी खेतीले हरियाली बनेको छ ।
‘आदिबासीको पहिचान संरक्षका लागि प्रतिष्ठान गठन भयो’
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले लामो समयसम्म राज्यका नीति, शासन प्रणाली र विकास प्रक्रियाबाट वञ्चित पारिएका आदिवासी जनजातिहरूको पहिचान, अधिकार र सहभागिता सुनिश्चित गर्न २०५८ मा प्रतिष्ठान ऐनमार्फत राज्यले प्रतिष्ठान स्थापना गरेको बताउनुभएको छ ।
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।
खुम्जुङ, नाम्चे र खुम्बु विजयी
खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् ।
अण्डाको मूल्य घट्यो : ठूलो प्रतिक्रेट ३७५ र मिडियम ३३५ कायम
अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ। नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचनः एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
बुढासुब्बा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
२६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले नेपाल पुलिस क्लब, काठमाडौँलाई १० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आइसिसी टी–२० विश्वकप : नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो ।
म्याग्दीमा निर्वाचनका लागि एक हजार ७१ कर्मचारी परिचालन हुने
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा एक हजार ७१ जना कर्मचारी परिचालन गरिने भएको छ । तीमध्ये ७२० जना सरकारी कर्मचारी र ३५१ जना स्वयंसेवक रहनेछन् ।
विश्वकप क्रिकेट हेर्दै प्रधानमन्त्री कार्की
आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ ।
लाइसेन्सविना चलाइएका १८ अटोरिक्सा नियन्त्रणमा
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिइ सञ्चालन गरिएका १८ अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे र सल्लीबजार क्षेत्रमा सञ्चालन भइरहेका लाइसेन्सविनाका अटोरिक्सा नियन्त्रणमा लिएको हो ।
‘एचपिभी खोप एक मात्रा दिए पुग्छ’
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरिएको छ।
झापा–५ मा चुनावी रौनक : ओली र साह घरदैलोमा
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै झापा क्षेत्र नं. ५ को चुनावी माहोल तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह दुवैजना मतदाताको घरदैलोमा पुग्न थालेसँगै यहाँको चुनावी सरगर्मी बढेको हो ।
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
प्याब्सन काठमाडौँको आयोजनामा माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ ।
ताप्लेजुङमा माघ २८ गतेदेखि एचपिभी खोप दिइने
ताप्लेजुङमा यही माघ २८ देखि फागुन १ गतेसम्म एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गर्न लागिएको हो ।
आहा रारा गोल्ड कप : उद्घाटन खेलमा सहारा र गोरखा इन्टरनेसनल भिड्ने
पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेस रणनीति : 'मेरो २१ दिन' अभियान घोषणा
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा 'फागुन २१ का लागि मेरो २१ दिन' विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
महिलाका लागि निर्वाचन अधिकार प्राप्तिको अवसर हो : पूर्वमन्त्री राई
बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ।
सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्धनमा गृहमन्त्रीको जोड
गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप : इङ्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य
आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
अध्यक्ष ओलीलाई प्रश्न ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क बन्छ ?’
एक दशक अघिदेखि निर्माणको चर्चा भएको र ५ वर्षअघि शिलान्यास भएको दक्षिण एशियाकै सबैभन्दा ठुलो भनिएको ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ अहिलेसम्म बन्न नसकेको बिषयमा स्थानीयहरुले प्रश्न उठाउनु भएको छ ।