जसपाद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएको छ ।
बिलन्दीमा घर घरमै खानेपानीको धारा, स्थानीय दङ्ग
वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आएका सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीका स्थानीय घर घरमै खानेपानीको धारा झरेपछि दङ्ग परेका छन् ।
मङ्सिर महिनाको राशिफल २०८२
सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ ।
सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ ।
शास्त्रीय र बहुभाषिक सङ्गीतमा उदाउँदै सरस्वती
शास्त्रीय सङ्गीतमा बलियो जग, १८ भाषामा गीत गाउने क्षमता र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थितिका कारण सरस्वती खत्री नेपाली शास्त्रीय सङ्गीतका चिनिने नाम बन्नुभएको छ । सुर–सुधा समूहसँग करिब १० वर्षदेखि सक्रिय उहाँ ‘वैष्णव जन
अर्गानिक कृषि र सहकार्य विस्तार प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा कायम भएको छ ।
आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न
पूूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. १ र २ मा एकहप्ते मगर भाषा, अक्खा लिपि आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लाफा महिला आमा समूहको गैँडाकोट–१ स्थित बुद्ध विहार ग्याचो डाँडामा सम्पन्न गरिएको हो ।
बुङ्गमतीबाट पाटन ल्याइयो रातो मत्स्येन्द्रनाथ
‘वर्षा र सहकालका’ देवता रातो मत्स्येन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याइएको हो ।
गुल्मीमा करारका कर्मचारी हटाउँनै सकस
गुल्मीमा स्वीकृत दरबन्दीबाहेक राखेका कर्मचारी हटाउँनै स्थानीय तहलाई सकस परेको छ । विभिन्न आस्थामा राखिएका कर्मचारीहरुलाई हटाउनका लागि सकस देखिएको छ ।
‘थर एउटै घर एउटै’ सार्वजनिक
गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
सारङ्गीको धुनसँगै दुई दशकको यात्रा
हातमा सारङ्गी, मनमा असङ्ख्य कथाहरु बोकेर ४२ वर्षीय विष्णु गन्धर्व दई दशकभन्दा बढी समयदेखि गाउँ–शहरमा डुल्दै विरहका कथाहरु गीत र धुनमा सुनाउँदै आउनुभएको छ ।
पूर्वाधारमा लगानी गर्न आतुर छौँ
योगदानमा आाधारित सामाजिक सुरक्षा कोषको आयोजनामा आठौँ सामाजिक सुरक्षा दिवस बिहीबार मनाइँदै छ ।
स्टार्टअप कर्जा माग्ने दोब्बर बढे
स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ ।
सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित
सल्यानको शारदा नगरपालिकामा एक सातासम्म सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट सात सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
थपिएको ऋणभन्दा भुक्तानी धेरै
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा एक खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।
एनपिएलः आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।
भैरहवा सेजमा जग्गाको भाडा घट्यो
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपियाँबाट घटाएर पाँच रुपियाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयपछि सेजभित्रको लगानी वातावरण थप सहज हुने उद्योगीको अपेक्षा छ ।
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन
आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो ।
‘निर्वाचन पहिलो प्राथमिकता’
नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ ।
सट्टेबाजीमाथि सूक्ष्म निगरानी
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विदेशी चर्चित खेलाडीसमेत खेलाएर नेपाली क्रिकेट क्लब प्रतिस्पर्धामा उत्रिँदा क्रिकेटप्रेमी रमाइरहेका छन् तर यो प्रतिस्पर्धालाई अवैध कमाइको अवसर बनाउन खोज्नेको धन्दाले नियामक र नियन्त्रक निकायको टाउको दुखाएको छ ।
मिसिलको आगजनी फैसलाको अभिलेखमा
जेनजी आन्दोलनका क्रममा अदालतका मिसिलमा पुगेको क्षति फैसलामा अभिलेख राख्ने क्रम सुरु भएको छ । भदौ २४ गते भएको आगजनी र तोडफोडका क्रममा नष्ट भएका मिसिलको सक्कल अभिलेख नभेटिएको जानकारीसहित मुद्दाको पूर्णपाठमा लेख्ने व्यवस्था गरिएको हो । नष्ट भएका मिसिलको फैसलाको पूर्णपाठ तयार गर्दा सो बेहोरा जनाउने गरी विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाले व्यवस्था गरेको थियो । अदालतले अहिले तयार पारेको फैसलामा त्यस्तो बेहोरा राखिएको छ ।
एमसिसी अन्तर्गत प्रसारण लाइन निर्माण सुरु
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो ।
सातौँ सन्तानको न्वारन
कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो ।