नेसनल हाइड्रो मर्मत गर्न तिस करोड लाग्ने अनुमान
बाढीले क्षतिग्रस्त नेसनल जलविद्युत् आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । नेपालीको मात्र लगानीमा निर्माण भई विद्युत् उत्पादन गरिरहेको ७.५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको बाढीले क्षति पुर्याएको थियो । बाढीले आयोजनाको पावर हाउसको स्विचयार्डलगायतका संरचनामा क्षति पुर्याएको थियो । आयोजनाका स्टेसन म्यानेजर इन्जिनियर वसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रूपमा पावर हाउसलगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको बताउनुभयो ।
औद्योगिक ग्राम निर्माणमा अलमल
तानसेनका चार पालिकामा औद्योगिक ग्राम बन्ने घोषणा भए पनि त्यसले सार्थकता पाएको छैन । तानसेन, रामपुर, रिब्दीकोट र माथागढी गाउँपालिकामा औद्योगिक ग्राम बनाउने सरकारको योजना रहेको थियो । कतै रकम अभावले औद्योगिक ग्राम निर्माणको काम अलपत्र जस्तै बनेको छ । कतै काम नै सुरु हुन सकेको छैन । पालिकाभित्र सञ्चालन हुन सक्ने मझौला तथा साना उद्योग एकै स्थानमा सञ्चालन गर्ने योजना अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ देखि औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको थियो । औद्योगिक ग्राम निर्माणमा भएको ढिलाइले पालिकासमेत अलमलमा रहेको छ ।
विस्फोटमा परी दाजु र बहिनीको मृत्यु , एक घाइते
पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा हुनुहुन्छ ।
काउन्टर साइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने
अब वाणिज्य बैङ्कहरूले अतिरिक्त पुँजीको व्यवस्था (काउन्टर साइक्लिक बफर) अनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ । सो व्यवस्था बैङ्कलाई नियमन गर्ने नेपाल राष्ट्र बैङ्कले गरेको हो । आकस्मिक सङ्कटको प्रभावबाट सुरक्षित राख्न बैङ्कहरूले अतिरिक्त रूपमा जोहो गर्ने यही पुँजीको अंशलाई ‘काउन्टर साइक्लिक क्यापिटल बफर’ भनिन्छ । यस्तो बफर शून्य प्रतिशत कायम गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि यस्तो बफर शून्य प्रतिशत कायम गरेको हो ।
कृषि विकासमा सहयोग गर्न आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोग गर्न नेपालस्थित अमेरिकी दूतावासलाई आग्रह गर्नुभएको छ । कृषि मन्त्रालयमा बिहीबार नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँगको भेटघाटमा मन्त्री अधिकारीले सो आग्रह गर्नुभएको हो ।
आजको विनिमयदरः डलर र युरोको भाउ घट्यो
बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।
‘शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नु पर्छ’
नेपालको शिक्षा प्रणाली सिप र श्रममा जोडेर उत्पादन बढाउन सहयोग पुग्ने व्यावहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपालमा दिइने शिक्षा सैद्धान्तिक ज्ञानमा मात्रै आधारित भएकाले यसले श्रम बजार, उत्पादन र रोजगारीलाई जोड्न सकेको छैन । नेपाल उद्योग परिसङ्घ, होटेल सङ्घ नेपाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा बिहीबार राजधानीमा आयोजित ‘शिक्षा र रोजगारी’ विषयक छलफलमा सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो ।
‘बजार अनुगमन गर्न एकीकृत संयन्त्र’
चाडबाड नजिकिँदै गर्दा उत्पन्न हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सरकारले एकीकृत अनुगमन संयन्त्र परिचालन गर्ने भएको छ । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्तासम्म सहज उपलब्धलाई सुनिश्चित गरी अस्वाभाविक मूल्यवृद्धिलाई निरुत्साहित गर्न गृह प्रशासन, सुरक्षा निकाय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागलगायत उपभोक्ता हकहितमा काम गर्ने सङ्घ सस्थालाई एकीकृत संयन्त्रमार्फत बजार अनुगमनमा खटाउन लागेको हो ।
‘टिआरसी’ विधेयक प्रमाणिकरण भएसँगै द्वन्द्वकालीन घटना समाधान हुने
सङ्घीय संसद्बाट पारित बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले संसद्का दुवै सदनबाट पारित भई आएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको विज्ञप्तिमार्फत जनाउनुभएको छ । विधेयक प्रमाणीकरणसँगै ऐन संशोधनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ, जसलाई राष्ट्रिय सरोकारवाला तथा अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका छन् ।
प्रसारण लाइन निर्माणमा जुट्यो सहमति
करिब दुई किलोमिटर क्षेत्रमा स्थानीयको विवादले १४ महिनादेखि अवरुद्ध रहँदै आएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सम्पन्न गर्न सहमति जुटेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणाधीन अवस्थामै छ ।
नेवानिको लापर्बाहीले यात्रुलाई सास्ती
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण निगमको जहाजमार्फत हवाई सेवा लिने यात्रु सास्ती भोग्न बाध्य छन् । यसअघि लगेज फुटेको, यात्रुलाई बेवास्ता गरेको, यात्रुलाई अलपत्र पारेकोलगायतका गुनासा आउने गरेकोमा पछिल्लो समय एकैपटक तीन वटा जहाज ग्राउन्डेड भएपछि सयौँ यात्रु मर्कामा परेका हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित हुँदा निगमले दैनिक ठुलो आर्थिक नोक्सानी मात्रै बेहोरेको छैन, राज्यलाई हुँदै आएको ठुलो आम्दानीमा समेत क्षति थपिँदै गएको छ ।
वर्गीकरण नहुँदा रोकियो कित्ताकाट, कृषियोग्य जमिनमा घर निर्माण तीव्र
अधिकांश स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण नगर्दा कृषियोग्य जमिनमा घर निर्माण हुने क्रम तीव्र बन्दै गएको छ । त्यसका साथै यही कारणले कित्ताकाट रोकिँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । भूउपयोग क्षेत्रको वर्गीकरण गरेका स्थानीय तहले पनि कतिपयले आंशिक रूपमा र केही स्थानीय तहले मात्र पूर्ण रूपमा जग्गाको वर्गीकरण गरेका छन् । वर्गीकरण गर्न ढिलाइ गर्दा कृषियोग्य जमिनमा घर निर्माण तीव्र भइरहेकाले भविष्यमा कृषियोग्य जमिनको अभाव हुन सक्ने खतरा बढ्दै गएको छ । भूउपयोग नियमावली जारी भएको मितिले एक वर्षभित्र स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने भूउपयोग नियमावलीमा उल्लेख भए पनि नियमावली जारी भएको दुई वर्ष बितिसक्दा पनि जग्गाको वर्गीकरण नगर्दा त्यसको मारमा सर्वसाधारण पर्दै आएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । २०७९ जेठ २३ गते भूउपयोग नियमावली जारी भएको थियो ।
पूर्व डीआईजीसहित १० जना पक्राउ
प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।
बझाङमा भूकम्पको धक्का
बझाङ जिल्लाको मसदेव आसपास क्षेत्रमा बिहीबार स्थानीय समय अनुसार ७ बजेर ३७ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
मुख्यसचिवमा अर्याल नियुक्त
नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।
सहकारी अपचलन आरोपित कुँवर २० लाख धरौटीमा रिहा
सहकारीको रकम अपचलनको आरोपमा सम्पर्क बाहिर रहनुभएका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा हुनुभएको छ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको ईयूसहित विभिन्न देशले गरे स्वागत
नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् ।
समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ।
विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते
पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन्।
एमाले पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने
सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो।
उड्डयन क्षेत्रका नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने विधेयक अर्थको स्वीकृति पछि कानुनमा पुग्यो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।
सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्छ : मन्त्री काफ्ले
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ।
४९ वर्षपछि परिवारसँग भेट
२२ वर्षको युवा अवस्थामा विदेश जानुभएका ओखलढुङ्गाको साबिक रागादीप गाउँ विकास समिति हाल मोलुङ गाउँपालिका–८ का खरबहादुर राई ७१ वर्षको वृद्ध अवस्थामा घर फर्किनु भएको छ।
टेबलटेनिसमा सार्थकलाई स्वर्ण
बृहस्पति विद्यासदनका सार्थक मानन्धरले केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्र एकलमा स्वर्ण जित्नुभएको छ ।