पन्ध्र सय वेबसाइट प्रभावित
सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
युवाका ‘अभिन्न अङ्ग’ मोबाइल
पछिल्ला केही वर्ष यता धेरैका घर र कार्यालयका ल्यान्डलाइन टेलिफोन व्रmमशः प्रयोगविहीन बन्न थालेको छ । दैनिक जीवनमा ल्यान्डलाइनको खासै प्रयोग हुन छाडेपछि त्यसको लाइन चुँडिए पनि तिर्नुपर्ने र रकम सकिए पनि वास्ता गर्न छाडिएको छ । जुन सुकै पेसा व्यवसाय गर्नेले पनि आफ्नो संवादको माध्यम मोबाइल नै बनाउन थालेपछि ल्यान्डलाइन फोन औचित्यहिन बन्न थालेको हो । मोबाइल केबल संवादको माध्यममा मात्र पनि सीमित रहेन । नुनदेखि सुनसम्म किन्न दानभेटीदेखि लाखौँको कारोबार गर्न, विभिन्न शुल्क तिर्नेको भरपर्दो र सहज माध्यम बनिदिएको छ मोबाइल । स्वदेश वा विदेश विश्वको जुनसुकै कुनामा बसेर पनि एक अर्काबिचको सामीप्यता आदानप्रदानको माध्यम मोबाइल बनेपछि बालबालिकादेखि वृद्धवृद्धासम्ममा मोबाइल मोह उत्तिकै छ । ललितपुर लामाटारकी ७२ वर्षीया बिन्दु न्यौपाने भन्नुहुन्छ, “बरू एकाध दिन
साइबर सुरक्षा कानुन विषयकाे राष्ट्रिय सम्मेलन सुरु
साइबर सुरक्षा विज्ञहरू, नीति निर्माताहरू, कानुन व्यवसायीहरू, शिक्षाविद्हरू, जनप्रतिनिधिहरू, प्रशासन र सुरक्षा निकाय र कम्प्युटर व्यवसायीहरू बीच सञ्चार क्षेत्रमा साइबर सुरक्षा नीति र कानुनका विषयहरूमा छलफल गरी निचोड निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।
आजदेखि विज्ञान तथा प्रविधि सम्मेलन
‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु हुने सो सम्मेलन मङ्गलबारसम्म चल्ने छ ।
घर सार्न र उचाइ बढाउन मिल्ने प्रविधि भित्रियो
नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ ।
एमडीएमएस कार्यान्वयनमा सहयोग गर्न मोबाइल व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ।
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
हाम्रो विकास ‘मोडेल’बारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।