महोत्सवमा दुई लाख राशीको भलिबल प्रतियोगिता
आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदानमा महोत्सव हुँदैछ ।
सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको मध्यम लक्ष्य
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
कर्णाली टस जितेर बलिङमा
त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित
कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
स्वदेश फर्कियो दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोली
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
प्रधानमन्त्रीद्वारा नेपाल दृष्टिविहीन महिला टी-२० विश्वकपका उपविजेता टिमलाई बधाई
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएकाे छ ।
एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।
आहा रारा गोल्ड कप माघ २७ गतेबाट
पर्यटकीय सहर पोखरामा अढाइ दशकदेखि निरन्तर हुँदै आएको आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ ।
जनकपुरविरुद्ध ब्याटिङ गर्दै विराटनगर
त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले जनकपुरविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जनकपुरले टस जितेर फिल्डिङ रोज्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
एनपिएल : आज दुई खेल हुँदै
हाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
कसरी खेलिन्छ दृष्टिविहीन क्रिकेट
दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलि अलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्पदृष्टिविहीन हुन्छन् । हरेक टिमले तिनै प्रकारका खेलाडीलाई मैदानमा उतार्नु पर्छ । चार खेलाडी पूर्ण रूपमा दृष्टिविहीन हुनु पर्छ ।