यु–१४ विद्यालय खेलकुद : एथलेटिक्समा लुम्बिनी च्याम्पियन
लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।
हक्कीमा कोशी च्याम्पियन
प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।
रोमाञ्चक खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
आइसिसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ ।
लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङलाई
लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङ जिल्लाले जितेको छ । राष्ट्रपति रनिङ शिल्ड २०८१ को प्रदेशस्तरीय उपाधि दाङ जिल्लाले हासिल गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डी रङ्गशाला र अरनिको मैदानमा जेठ २३, २४ र २५ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।
स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउँदै नेपाल
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ।
प्रधानमन्त्री ओलीद्वारा त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।
बागमती प्रदेशस्तरीय हक्की सुरु
बागमती प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिता आइतबारदेखि भक्तपुरमा सुरु भएको छ ।
विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै
आइसिसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
यु–१४ विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण
मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आइतबार स्वर्ण जित्नुभएको छ ।
एचजेबिएल : टाइम्स फाइनलमा
हाउन्डस् एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ ।
सन्तोषी र जुलियसलाई हेरिटेज रेस उपाधि
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषमा केन्याका धावक जुलियस म्युरुकीले जित्नुभएको छ ।
‘गुणस्तरका आधारमा टोलीलाई बलियो बनाउँछु’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नेपाली महिला टोलीलाई अङ्कले भन्दा गुणस्तरका आधारमा बलियो बनाउने बताउनुभएको छ ।
सद्भावलाई नेपाल एमेच्योर ओपन गल्फ उपाधि
पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न तीन दिने प्रतियोगिातका ब्यक्तिगततर्फ सद्भावले कूल २० अन्डर एक सय एक सय ९६ स्कोरका साथ उपाधि जित्नुभएको हो ।
बाँसबारीलाई चेयरम्यान कप चेस उपाधि
काठमाडौँ महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माविले जितेको छ ।
अन्तरकलेज फुटसल असारमा
हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।
बेल्जियमका प्याट्रिक नेपाली महिला फुटबलको प्रशिक्षक नियुक्त
नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त हुनुभएको छ ।
मैत्रीपूर्ण फुटबल : नेपाल आज हङकङसँग भिड्दै
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र हङकङबिच आज मैत्रीपूर्ण फुटबल हुँदैछ ।
१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई
१३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो ।
साकार भयो बेङ्गलुरुको अठार वर्षको पर्खाइ
दस हप्ता, ७४ खेलपछि विश्वको सबभन्दा प्रतिष्ठित फ्रेन्चाई क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपालको लगातार दोस्रो जित
डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपाल एमेच्योर ओपन गल्फ : नेपाल ‘ए’ लाई स्वर्ण
नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।
प्रचण्ड कप भलिबल पोखरामा
नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।
एमेच्योर गल्फमा नेपाल ‘ए’ लाई स्वर्ण, सद्भावको कोर्स रेकर्ड
नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यको कोर्स रेकर्डसहित नेपाल ‘ए’ ले ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण जितेको छ ।
नेपालले जित्यो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको छ ।