बार्सिलोनाको कठिन जित
साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा आइतबार बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो ।
एसियाली करातेमा नेपाललाई २९ स्वर्ण
सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।
झापा युनाइटेड किराँत गोल्डकपको सेमिफाइनालमा
फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ हुने
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।
नेपालमा पहिलो पटक टेबल टेनिस लिग हुँदै
नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुँदैछ । मङ्सिर १९ देखि २३ गतेसम्म सञ्चालन हुने लिगमा प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।
भारतीय खेलाडी सुभयानलाई हेटौँडा कप बुद्धिचालको उपाधि
नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा हेटौँडामा भएको एसियन खुल्ला रेटिङ्ग हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले हात पार्नुभएको छ ।
घरेलु मैदानमा रियलको सहज जित
उपाधि दाबेदार टोली रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ग्रानाडालाई २–० गोलले हरायो ।
हाप्किन्डोका १४ खेलाडीको ग्रेडिङ
नेपाल हाप्किन्डो एसोसिएसन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिङ गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ ।
युरो कप ड्र : स्पेन र इटाली एउटै समूहमा
सन् २०२४ को युरो कप फुटबलमा उपाधि बलियो टोली स्पेन र साबिक विजेता इटाली एउटै समूहमा परेको छ । जर्मनीमा शनिबार राति गरिएको युरो कप ड्रमा यी दुई टोली एउटै समूहमा परेका हुन् ।
इङ्लिस प्रिमियर लिग : बलियो बन्दै आर्सनल
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता बलियो बनाउँदै लगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले हरायो ।
बिडिसिए कप
बैतडीमा शनिबार बाट सुरू भएको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै एनआरवाइसी र पञ्चकोटी क्रिकेट टीम । खेलमा एनआरवाइसी ६ विकेटले विजयी भएको छ ।
तेह्रथुमलाई हराउँदै पाँचथर किराँत गोल्डकपको सेमिफाइनलमा
प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एसियाली बुद्धिचाल : भारतीय र बङ्गलादेशी खेलाडी उपाधि नजिक
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबारसम्म आइपुग्दा भारतीय सुभयान कुण्डु र बङ्गलादेशी मिनहाज उद्दिन प्रतियोगितामा अग्रता लिँदै उपाधि उन्मुख रहनुभएको छ ।
नेपाल सुपर लिग : झापा र पोखराको रोमाञ्चक बराबरी
झापा एफसी र पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । झापाले खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै हार टारेको थियो ।
ताप्लेजुङमा भलिबल प्रतियोगिता
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
भुरुङ चौकीलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
भुरुङ चौकी माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भुरुङ चौकीले ११ स्वर्ण, छ रजत र चार कांस्य पदका साथ रनिङ शिल्ड र ३० हजार जितेको हो ।
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व
हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।
प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता सुरु
कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगितामा खेलाडी छनौट गरी पठाएको छ । नगरपालिकाले शुक्रबार खेलाडी समूहलाई विजयको शुभकामना सहित प्रतियोगिताका लागि बिदाइ गरेको हो ।
नेपाली क्रिकेटलाई प्रबर्द्धन गर्न तयार छौं : महाराष्ट्रका उपमुख्यमन्त्री
भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरका तयार रहेको बताउनुभएको छ ।
नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।
लिग तेक्वान्दो : दिप्सन र श्रृष्टिलाई स्वर्ण
गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो हुनुभएको हो ।
एसियाली बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न हुँदा विदेशी खेलाडीले वर्चस्व जमाएका छन् ।