मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। मङ्गलबार नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो।
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट : कारोबार रकम साढे १० अर्बमा खुम्चियो
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।
नेप्से परिसूचक ओरालो यात्रामा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।
‘धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न सकिन्न’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताउनुभएको छ ।
नेप्सेमा निरन्तर गिरावट
यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ। आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।
स्वार्थ बाझिने प्रतिनिधि हटाइने, ‘इन्साइडर ट्रेडिङ’ गर्नेलाई कडा कारबाही
स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि ‘इन्साइडर ट्रेडिङ’ (सेयर बजारमा भित्री कारोबार) गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान थपेर धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मसौदा तयार गरिएको छ । बोर्ड अध्यक्ष र सञ्चालक बन्न अहिले सेयर कारोबारमा संलग्न व्यक्तिले नपाउने व्यवस्थाका साथै धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्नेसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ ।
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
राजविराज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सप्तरीको राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
बिहीबार शेयर कारोबार रकममा नयाँ कीर्तिमान
नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रेकर्ड बन्दै गएको छ।सोमबार २७ अर्ब २४ करोड रुपियाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ।
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ ।
नेप्से परिसूचक ७० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ ।
कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च
सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।
नेप्से परिसूचक ९४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।
नेप्से परिसूचक उकालो यात्रामा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।
शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क-वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेको थिए ।
नेप्से परिसूचकमा धेरै अङ्ककाे गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज धेरै अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार
यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
नेप्सेमा करिब २२ अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।
मौद्रिक नीतिको प्रभाव पुँजी बजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।