• ७ मंसिर २०८१, शुक्रबार

राजविराज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

blog

राजविराज भन्सार कार्यालय

देवरामप्रसाद यादव
सप्तरी, साउन ३१ गते । 
सप्तरीको राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ५० लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको राजविराज भन्सार कार्यालयले आठ करोड ७४ लाख सात हजार ६०६ रुपियाँ सङ्कलन गरेको हो ।

कार्यालयका तथ्याङ्क अनुसार सबभन्दा बढी असारमा लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ भने सबभन्दा कम पुसमा भएको राजविराज भन्सार कार्यालयले बेल्हीका सूचना अधिकारी अजय प्रकाश भगतले जानकारी दिनुभयो  ।

राजविराज भन्सार कार्यालयले असारमा ५३ लाख ६९ हजार रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा एक करोड १९ लाख ५६ हजार नौ सय ८७ रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको छ भने पुसमा ५५ लाख ५८ हजार सङ्कलनको लक्ष्यमा २९ लाख ४२ हजार पाँच सय २९ रुपियाँ मात्र सङ्कलन हुन सकेको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८०मा पाँच करोड ९९ लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको कार्यालयले पाँच करोड आठ लाख ९७ हजार एक सय ९६ रुपियाँ मात्र सङ्कलन गर्न सकेको थियो ।

आर्थिक वर्ष २०८०/८१ का लागि राजविराज भन्सार कार्यालयले आठ करोड ८१ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो  ।