एसियन लाइफले हकप्रद सेयर जारी गर्ने
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी पाँच अर्ब पुर्याउन लाभांशपश्चात् ४२ प्रतिशत अर्थात् एक कित्ता सेयरबराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
टेलिकमको नगद लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ ।
जलविद्युत्को सेयर लगानीकर्ताको आकर्षण
जलविद्युत्मा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । सुधारलाई निरन्तरता दिएको सेयर बजारमा साताको पहिलो दिन लगानीकर्ता जलविद्युत्को सेयरमा झुम्मिएका हुन् । आइतबार जलविद्युत् उपसमूहको उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले उकालो लागेको छ ।
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै
सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।
नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।
सेयरमा लगानीकर्ताको मनोबल उच्च
लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ । यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य राम्रो भन्ने अर्थमा ठुलो लगानी यस क्षेत्रमा छिर्न थालेको देखिन्छ । देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सूचकहरू बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानीकर्ताको मनोबल नै हो ।