बीपी राजमार्ग सुचारु, छानबिन समिति गठन
गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ ।
स्वर्गीय बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति डा. यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताउनुभएको छ ।
मनोहरा पुल क्षेत्रमा बनाइएका संरचना हटाइँदै
मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु गरेको छ ।
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन
सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउँदै
बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । प्रदेश स्तरमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
आज मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
पर्यटक तान्न पर्यटन व्यवसायी पुगे भारत
भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका
जनहितमा काम गर्न ध्यानाकर्षण
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रदेशका नागरिकको हितमा काम गर्न ध्यानाकर्षण गराएका छन्। बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु भएको दोस्रो अधिवेशनको पहिलो बैठकमा सभा सदस्यले ध्यानाकर्षण गराएका हुन्। नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा सभा सदस्यले जोड दिएका छन्। बैठकमा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले जनहित र सङ्घीयता कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँले बजेट निर्माणमा अझै केन्द्रमा आश्रित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचार र बिचौलिया बढेको सार्वजनिक रूपमा गुनासो आएको चर्चा गर्दै प्रदेश सरकारले पनि यसमा काम गर्न ध्यानाकर्षण गराउनुभयो।
युवा बिदेसिने क्रम जारी
दस महिनाको अवधिमा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि वैशाख महिनासम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन्।
बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने
थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ।
बजेटको सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।
लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ।
दुई सय मिटरमा मकवानपुरलाई दुई स्वर्ण
हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।
भारतीय खेलाडी महिन्द्रकारलाई बुद्धिचाल उपाधि
दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पार्नुभएको छ।
भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रदेश सरकारलाई विशेष अधिकार दिन अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
विद्युत महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
लामो समयदेखि विद्युत महसुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ५४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीद्वारा योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
चार पात्रो स्वीकृतिबिना प्रकाशन
चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।
'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा
वैशाख २९ गते रिलिज भएको नेपाली फिल्म ’हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएको हो ।
महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना
काठमाडौँ महानगरपालिकाले सिंहदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ ।
खुल्लामञ्चमा महानगरको चाबी, खुल्लामञ्च सधैँ खुल्ला हुनुपर्ने माग
केही दिन अघिमात्र मधेश प्रदेशबाट १२ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले पिडा अभिव्यक्त गर्ने ठाउँको रूपमा खुल्ला मञ्चलाई रोजेका थिए ।
बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा आज पेस हुँदै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नु हुनुभएको छ ।
सात वर्षदेखि ठेकेदार बेपत्ता तामाकोसी नदीको पुल अलपत्र
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।