नमुना संसदीय अभ्यास
बागमती प्रदेशका १३ जिल्लाबाट आएका युवाले संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन्। संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसद्मा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास चार दिनसम्म हेटौँडामा चलेको संसद्मा युवा सांसदहरूले गरेका थिए।
प्रतिजैविक प्रतिरोध जनस्वास्थ्यको विश्वव्यापी चुनौती
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्ट) जनस्वास्थ्यको विश्वव्यापी समस्या रहेको विज्ञहरूले औँल्याएका छन्। युएसएआइडीको आयोजनामा शुक्रबार चितवनको भरतपुरमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तर्क्रियामा युएसएआइडीका वरिष्ठ मेडिकल कन्सल्टेन्ट डा. सन्तोष दुलालले पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) विश्वव्यापी स्वास्थ्य समस्या मात्र नभएर साइलेन्ट महामारीकै रूपमा रहेको बताउनुभयो।
कृषकलाई छ करोड अनुदान हस्तान्तरण
भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कृषकले सहकारीमार्फत बिक्री गरेको प्रतिलिटर तीन रुपियाँका दरले हुन आउने छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्र
महानगरका विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण
काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण दिइएको छ।
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ।
तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै
यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
अब अनुदान सिँधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिँधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।
प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण
काठमाडौंको गोकणेश्वर नगरपालिका–९ स्थित जोयो कदम्पा विद्यालयमा थप ६२ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको छ ।
पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी
तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
निर्वाचन आयोगका जिल्ला कार्यालय हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा
निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।
जनगणना प्रतिवेदनप्रति आदिवासीजन्य संस्थाको असन्तुष्टि
राष्ट्रिय तथ्याङ्क कार्यालयले केही दिन अघि जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी अन्तिम नतिजाप्रति आदिवासी जनजातिजन्य सङ्घ संस्थाका प्रतिनिधिले आपत्ति जनाएका छन् ।
स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।
जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।
बीमा क्षेत्रको सुधार गर्न बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।
मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने
भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ ।
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनः निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त
६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
गर्मी छल्न लामो झरना
केही दिनयता गर्मी बढेको छ। गर्मी बढेसँगै विद्यालय बन्द हुन थालेका छन्। गर्मी बढेसँगै चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेमा रहेको लामो झरनामा भिड बढेको छ। मुग्लिन–नारायणगढ सडकखण्डबाट नजिकै रहेकाले आफ्नै सवारीसाधनमा यात्रा गरिरहेका अधिकांश यात्रु यहाँ पुग्ने गरेका छन्। गाउँपालिकाकी पूर्वप्रमुख गीता गुरुङले आफ्नो कार्यकालमा उक्त पर्यटकीय क्षेत्रमा पुग्न पक्की सडक निर्माण गरिएको बताउनुभयो। गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेर प्रवेश शुल्कबापत प्रतिव्यक्ति ५० रुपियाँ लिँदै आएको छ।
चित्लाङ–चन्द्रागिरि सडक एक साताका लागि बन्द
हेटौँडाबाट कुलेखानी, मार्खु, चित्लाङ हुँदै काठमाडौँ जोड्ने सडकको चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड बन्द हुने भएको छ। गणेशमान सिंह मार्ग नामकरण भएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक अन्तर्गत याकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा बिहीबारदेखि एक साताका लागि बन्द हुने भएको हो।