सुके निकुञ्जका ताल
अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्। लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ।
गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा नजिकैको सामुदायिक वनमा निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ ।
गर्मी छेक्ने छाता
चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी । पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौंको सिनामङ्गलमा गोली चल्यो, एक जना पक्राउ
काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो ।
अझै खुलेन कावासोती नगरपालिकाकाे ताला
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला दशौं दिन पुग्दासम्म पनि खुल्न सकेको छैन । नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको हो ।
आठौँ संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न
इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी-प्राय साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।
उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
दोलखाको तामाकोसी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो ।
स्थानीयसँग विकासका योजना माग्दै वडा कार्यालय
दोलखाको मेलुङ गाउँपालिका–७ ले आर्थिक वर्ष ०७९-८० को समीक्षा तथा ०८०-८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयमा स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सहर सफा बनाउने इन्दौरको अनुभव
सहरमा कहीँ कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ ।
दुम्कौलीको तापक्रम ४४ डिग्री : अर्को वर्ष अझ तापक्रम बढ्ने वैज्ञानिकको प्रक्षेपण
अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
मनसुनका लागि अझै पाँच दिन कुर्नुपर्ने
नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली
चितवनको इच्छाकामना –१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ ।
खडेरीले मकै खेतमै सुके
खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम
सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूका सङ्घसंस्थाले तयारी अगाडि बढाएका छन् ।
न्यु खिम्ती सबस्टेसनको बिजुली रामेछापमा जोडिने
आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
पाँचखालमा महिला औद्योगिक ग्राम बनाइने
सरकारले काभ्रेको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग महिलाले नै सञ्चालन गर्ने गरी महिला औद्योगिक ग्राम बनाउन लागिएको हो । हालै मन्त्रीपरिषद्को बैठकले पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गर्ने गरी निर्णयसमेत गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामका रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिने घोषणा गरेको छ । सो ग्राम निर्माणका लागि बजेटमार्फत ४१ करोड रुपियाँ समेत विनियोजन गरेको छ ।
हास्यव्यङ्ग्य सम्मान रिजाललाई
मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो ।
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।
अवार्ड वितरण गर्न मापदण्डको खाँचो
चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको हो ।
प्रधानमन्त्रीद्वारा पञ्चकन्या गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।
वृद्ध दम्पती झुण्डिएको अवस्थामा फेला
मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रधानमन्त्रीद्वारा लाकुरीभञ्याङ खानेपानी आयोजनाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या
जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो ।
लोप हुँदै वन कुकुर
वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्त्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।