एक शिक्षिकाले ल्याएको त्यो परिवर्तन
शैक्षिक वातावरणमा सुधार ल्याउन र विद्यार्थीमा पढाइप्रति रुचि जगाउन एक जना शिक्षकको सानो पहल काफी हुने रहेछ भन्ने उदाहरण एक जना शिक्षकको छ महिनाको गतिविधि भएको छ ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गङ्गादत्त नेपाललाई नियुक्त गरेको छ ।
तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छौं : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बागमती प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।
उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।
कांग्रेसले उपसभामुखको विषयबारे संसदीय दलको बैठकबाट निर्णय लिने
नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभएको छ ।
कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहमभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।
इन्द्रजात्राको रौनक सुरु
आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेकाे हो ।
आफूलाई खुसी राख्नु नै मनोरोगको उपचार
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले एक वर्षमा करिब सत्र हजार मनोरोगका बिरामीको उपचार गरेको छ । विश्व आत्महत्या रोकथाम
आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार उहाँलाई स्मरण गरिँदैछ । गत वर्ष आजकै दिन नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।
मनसुनजन्य प्रभावितले पाएनन् अनुदान
मनसुनजन्य विपत् प्रभावित तथा बाढीपीडितले घरपरिवार, सम्पत्ति गुमाएको तीन वर्ष हुँदासमेत स्थायी आवासका लागि सरकारले दिने अनुदान रकम पाउन सकेका छैनन् ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
खोल्सोले बगाएर बालिकाको मृत्यु
मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक बालिकाको मृत्यु भएको छ ।
समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ ।
नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ
भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।
काठमाडौँका केही स्थानमा आज साढे ४ घण्टा विद्युत सेवा बन्द हुने
काठमाडौँका केही स्थानमा बुधबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भूमिगत प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
तीन सय रोपनीमा लगाएको मकैमा क्षति
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका दुई वटा वडाको मकै बालीमा समस्या देखिएको छ । गाउँपालिकाको वडा नम्बर ५ र ९ का किसानले लगाएको मकै बालीमा रोग देखिएपछि स्थानीय किसान चिन्तित बनेका हुन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले चौँरीदेउराली गाउँपालिकाका–५ र ९ का किसानले लगाएको एमबिएस ११५५ र प्रोलाइन २२२ जातको मकैमा रोग लागेको जनाएको छ । उक्त दुई वटा वडाका किसानले बढी प्रतिफल लिने लोभमा स्थानीय एग्रोभेट व्यापारीले बिक्रीका लागि ल्याएको ती दुई जातको मकै लगाएका थिए ।
केयर गिभरमा जानेको नाम तत्काल सार्वजनिक नगरिने
इजरायलले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सार्वजनिक नगर्ने सूचनामार्फत जानकारी गराएको छ । इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान आवेदन दिएकाले गोला प्रथामा परेकाको नाम सार्वजनिक गर्न दबाब परेपछि मन्त्रालयले मङ्गलबार सूचनामार्फत सोबारे जानकारी गराएको हो ।
‘वाटर स्यालुट’ सहित जहाजको बिदाइ
नेपाली आकाशमा १६ वर्ष तीन दिन उडान गरेको बुद्ध एयरको कलसाइन नाइन एन एआइएन एटिआर ४२–३२० जहाजले मङ्गलबारदेखि उडान बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा नेपाल भित्रिएर माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाज ६९ हजार ९९९ उडान–अवतरण ९साइकल० पछि मङ्गलबार अन्तिम माउन्टेन फ्लाइट गरेर एक कार्यक्रमका बिच सधैँका लागि उडान बन्द गरेको छ । एक साइकल बाँकी हुँदै बिदाइ गरिएको छ । एटिआरको ७० हजार साइकल हुन्छ ।