फुर्के र खोयाहाँस नेपाल विचरणमा
जलपन्छी फुर्केहाँस नेपाल भ्रमणमा आइपुगेको छ । हिउँदे याममा बसाइँ सरेर आउने फुर्केहाँस जस्तै आगन्तुक चरा यतिबेला नेपालका विभिन्न भूगोलमा रमाईरमाई यात्रा गरिरहेका छन् ।
‘लोकतान्त्रिक प्रणालीमार्फत मुलुकको समृद्धि सम्भव छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विकसित, व्यवस्थित र सुशासनयुक्त प्रणाली भएकाले यसै प्रणालीमार्फत मुलुकको समृद्धि कायम हुने विश्वास दिलाउनुभएको छ ।
‘उठ नेपाली, जुट नेपाली’ गीत सार्वजनिक
सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियोसहित रिलिज भएको छ ।
शाली नदी मेलामा भक्तजनको भीड
काठमाडौँको शङ्खरापुर नगरपालिका–७ स्थित साँखुमा माधवनारायण शाली नदी मेलामा बुधबार दिउँसो आएका भक्तजन।
एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।
एचपिभी खोप अभियानः अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले एक कार्यक्रम आयोजना गरी उहाँलाई सद्भावनादूत घोषणा गरेको हो ।
मैले प्रष्ट भनेकै थिएँ, ‘सक्छौ भने गोली हान’
सहिद दिवसको अवसरमा गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेता अधिकारीले सहिदले गर्दा नै नेपाल देश स्वतन्त्ररूपमा रहेको र उनीहरुको बलिदानी कदमले नै प्रजातन्त्र, अग्र समाजवाद र गणतन्त्रको कल्पना गरिएको बताउनुभयो ।
ताप्लेजुङको समस्या समाधान वार्ताबाट हुन्छ : नेता भट्टराई
नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा (मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणासँग भारतीय अतिरिक्त सचिवको भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बुधबार यहाँ शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो ।
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
गीतकार शाहलाई ‘बिजुलीमाया वन: श्रेष्ठ’ पुरस्कार
यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ ।
सहिदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाले सहिद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा सहिद दिवस मनाउने गरिन्छ ।
प्रधानमन्त्रीबाट सहिद स्मारकमा पुष्पहार अर्पण (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण प्रकट गर्नुभएको छ ।
बिजुलीमाया वन : अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार शाहलाई
१६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।
रास्वपा संसदीय दलको बैठक
सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउँछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ ।
‘सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि’
सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गर्नुभएको छ ।
स्टन्टबाजीले देश चल्दैन, इमानदार प्रयास आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै स्टन्टबाजीले देश नचल्ने बताउनुभएको छ ।
पूर्व राष्ट्रपति भण्डारीद्वारा सहिदप्रति श्रद्धासुमन व्यक्त
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सबै सहिदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
काम छाडेर ठेकेदार कम्पनी फरार
जिल्लाकै महìवपूर्ण मानिएको बाह्रबिसे–सुनकोशी–धुस्कुन–पिस्कर सडकको कालोपत्रेसहितको स्तरोन्नतिको काम छाडेर ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) को ठेकेदार कम्पनी कान्छाराम
अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सहिदको योगदानले परिवर्तन सम्भव भयो : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले देश निर्माणमा आहुति दिने सहिदहरुको स्मरण गर्दै आजको दिनले सबै नेपालीलाई थप प्रेरणा देओस् भनेर शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।