अल्पसङ्ख्यक चेपाङ समुदायका मनिष बन्नुभयाे इन्जिनियर
अल्पसङ्ख्यक चेपाङ समुदायबाट धादिङका मनिष प्रजा सिभिल इन्जिनियर बन्नुभएको छ ।
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
भरतपुर व्यवस्थित गर्ने काम सुरु भइसक्यो: दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोरएरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भई सकेको बताउनु भएकोछ ।
चालीस घरधुरीलाई एउटा धारो
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदाय खानेपानीका लागि वर्षाको मौसममा समेत सास्ती व्यहोर्न बाध्य छन् ।चालीस घरपरिवार गाउँको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजारा टार्नुपर्ने अवस्था रहेको छ । स्थानीय गङ्गा सदाले ४० घरपरिवारका लागि एउटा मात्र धारो हुँदा कहिलेकाहीँ खानेपानीका लागि स्थानीय बासिन्दाबीच झगडासमेत हुने गरेको सुनाउनुहुन्छ ।
पुल संरचना भाँचियो
दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो । पालिकाका सबइन्जिनियर सरोज खड्काले भन्नुभयो, ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो ।
जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल
। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
चितवनका सात पालिकाको बजेट ११ अर्ब ६४ करोड
जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् ।
बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।
क्षतिपूर्ति नदिएपछि कारबाही
सिफारिस नै नभएको बीउ बिक्री वितरण गरेर उत्पादनमा क्षति पु-याएको कम्पनीलाई सरकारले कारबाही गरेको छ । सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएपछि उपत्यकाका १२ वटा नगरपालिकामा सात हजार ८०० रोपनीमा लगाइएको धानमा बाला लागेको थिएन । सरकारले उक्त बीउ बिक्री वितरण गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्टलाई बीउबिजन ऐनअनुसार दुई महिनाअघि कारबाही गरेको हो ।