पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
थाहा फिल्म फेस्टिभल सुरु
चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ ।
चार पुल बने, तीन वटा निर्माणाधीन
मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी सडकखण्डमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
मकवानपुरको मनहरीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्ने अन्दाजी दुई वर्षीय बालिका पूजा थिङको मृत्यु भएको हो ।
‘सार्वजनिक पदको शपथ व्यहोरा सच्याउनुपर्छ’
सूचनाको हक र पद तथा गोपनीयताको शपथको व्यहोरा बाझिएको भन्दै दलका नेताहरूले शपथको व्यहोरा सच्याउनुपर्ने पक्षमा हुनुहुन्छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचनासम्बन्धी अधिकार नागरिकमा प्रत्याभूत गरेकाले पद तथा गोपनीयताको शपथको व्यहोरा सच्याउनु पर्ने पक्षमा उभिनुभएको हो ।
सहकारी ठगी आरोपित पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ।
संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ ।
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
संसद् किन बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
संसद्काे अधिवेशन नचल्दा सरकारले अध्यादेश ल्याउनसक्छ : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्काे अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।
पूर्वमन्त्री शाहलाई पितृशोक
पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ ।
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।
पाँचखालका बिरामीलाई निःशुल्क रगत
पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।
पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।
तेत्तिस विद्यालयलाई सहयोग
‘क्यालिटी’ परियोजनाको कार्यान्वयनका लागि छनोट भएका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रदायक शिक्षण संस्थालाई गुणस्तरीय शिक्षाका लागि विद्यालय÷शिक्षालयलाई बागमती प्रदेश सरकारले सहयोग प्रदान गरेको छ ।
घाँसे मैदान व्यवस्थापनको काम सुरु
आहारको अभावमा जङ्गली जनावर बस्तीमा पस्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको काम सुरु गरेको छ । जाडोको मौसममा जङ्गलभि
सखरखण्डर र पिँडालुको मूल्य उच्च
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
बेलिब्रिज जडान गर्न नाका बन्द
गत असोजमा आएको बाढीले लिपिङखोलाको मोटरेबल पुल बगाएपछि सो स्थानमा बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ । आगामी माघ ६ देखि २६ सम्म
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।