नेपाल भाषा शिक्षण तालिम सम्पन्न
काठमाडौं, असार ४ गते। काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको ‘नेपाल भाषा शिक्षण तालिम’ सम्पन्न भएको छ। समापन समारोहमा बोल्नुहुँदै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले नेपाल भाषा पाठ्यक्रम सबै उमेर समूहका विद्यार्थीका लागि सहज रूपमा सिक्न सक्नेगरी बनाउनुपर्नेमा जोड दिनुभयो। उपप्रमुख डंगोलले सरकारी तथा निजी विद्यालय पाठ्यक्रममा नेपाल भाषा समावेश गरेकाले यसको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। काठमाडौंको स्थानीय भाषा, नेपाल भाषाका शिक्षकलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवहारिक शिक्षा कार्यान्वयन गरेर पाठ्यक्रमलाई विद्यार्थीले बुझ्ने, रोचक र सहज बनाउनुपर्नेमा जोड दिनुभएको हो। शिक्षकका रुपमा नयाँ अध्यायको सुरुवात भएको बताउँदै उहाँले सबै प्रशिक्षार्थीलाई विद्यार्थीको मनपर्ने शिक्षक बन्न शुभकामनासमेत दिनुभयो। एक सातासम्म चलेको शिक्षण तालिम शनिबार सम्पन्न भएको हो।कार्यक्रममा कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन, कामपाका शिक्षा अधिकृत मोतीराज खनाल, प्रशिक्षक सुरेश किरण मानन्धरलगायतको उपस्थिति थियो।
आगलागी पीडितलाई पाँच लाख रुपियाँ सहयोग
बलेफी गाउँपालिका –७ खाडीचौरस्थित हार्डवयर पसलका आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
पूर्वी चितवनको टाडीमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर ९ गणेशचोकमा ना ४ ख २७४८ नम्बरको ट्रकले साइकलयात्री रत्ननगर १० बस्ने ३७ वर्षीय उमेश दराईलाई ठक्कर दिएको थियो ।
मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध
मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि बिहान ११ः३० देखि राजमार्ग अवरुद्ध भएको छ । राति पानी परे पनि विहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको छ ।
अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
काभ्रेको धुलिखेल सामुदायिक अस्पतालले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको जनाएको छ ।
नचलाऊ चुरे, खोज खानी
सिन्धुलीको कुल वन क्षेत्रमध्ये आधाभन्दा धेरै चुरे क्षेत्रमा पर्छ । अत्यन्त कमजोर भू–बनोटका कारण चुरे क्षेत्रबाट हुने भूक्षयबाट बर्सेनि यस क्षेत्रमा सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।
उत्पादनका कार्यक्रमलाई अब प्राथमिकता : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभयो ।
दश सहरमा विशेष विद्युत् कार्यक्रम ल्याउँछौं : निर्देशक घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले आउँदो ५० वर्षको मागलार्इ धान्नेगरि १० वटा मुख्य सहरमा विशेष कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनुभएको छ । समृद्ध भरतपुर महानगरसम्बन्धी कार्यक्रममा शुक्रवार सम्बोधन गर्दै उहाँले नेपालका मुख्य सहरको मागलार्इ पूरा गर्नेगरी विधुतको कार्यक्रम ल्याउने बताउनुभयो ।
एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ‘एसपीपी’ सम्झौता खारेज हुने बताउनुभएको छ ।