सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना : लगानी गर्न बङ्गलादेश गम्भीर
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बङ्गलादेश तयार देखिएको छ ।
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।
चुनाव घोषणापछि प्रचण्ड पहिलो पटक चितवनमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा पछि पहिलो पटक बुधबार गृह जिल्ला चितवन आउनु भएको छ ।
दुई खर्बको आयात, ८० करोडको निर्यात
नेपाल–चीनको तातोपानी र रसुवागढी नाका बन्द भए पनि चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको छ ।
नसर्ने रोगको सूचीमा उच्च रक्तचाप
सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रहेको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो एक वर्षमा नसर्ने रोगमध्ये जिल्लामा पहिलो सूचीमा परेको उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ।
सेवाग्राहीलाई नमस्कारसहित सेवा
सिन्धुली जिल्लाको नौवटा स्थानीय तहमध्ये दुधौली नगरपालिका–३ को वडा कार्यालयले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन सुरु गरेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा महिला निर्वाचित भएर आएसँगै मुस्कानसहितको सेवा सेवाग्राहीले पाउन थालेका छन्। स्थानीय खड्गबहादुर सार्कीका अनुसार निर्वाचित भएको तीन महिना नबित्दै वडाध्यक्षले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्नुभएको छ। उहाँका अनुसार कार्यालयमा पुगेका सेवाग्राही सबैलाई कर्मचारीदेखि जनप्रतिनिधिसम्मले नमस्कार गरेर मुस्कानसहितको सेवा दिने गरेका छन्।
सत्तरी करोडको कालोपत्रे टिकेन
उत्तरी क्षेत्र दोलखाको मुख्य सडक दोलखा–सिँगटी सडक वर्षासँगै आएको बाढीपहिरोले कतै भासिने र कतै कालोपत्रेमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। दोलखा बजारदेखि सिँगटी बजारसम्मको ३५ किलोमिटर सडक दुई वर्षअघि सडक विभागले ७० करोड रुपियाँको लागतमा कालोपत्रे गरेको थियो। कतै पहिरो, कतै कालोपत्रे भत्किएर खाल्टाखुल्टी हुँदा यात्रा जोखिमपूर्ण बनेको हो । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खसेको, सडकमा खाल्टाखुल्टी परेको र कतिपय स्थानमा खोलाको पानी सडकबाट नै बग्ने गरेको छ। कालिञ्चोक, बिगु र गौरीशङ्कर गाउँपालिका जोड्ने मुख्य सडक क्षति पुगेसँगै जिल्ला सदरमुकाम चरीकोट हुँदै राजधानी काठमाडौँलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
प्रदेशका युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
हेटौँडा,भदौ ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ। बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिनुभयो। उहाँले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याउनुभयो। अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उहाँको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उहाँको भनाइ छ। कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताउनुभयो। प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उहाँको भनाइ थियो। रासस
काठमाडौंमा सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।