जुम्ला हिमा गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी
नेत्र शाही जुम्ला, जेठ २ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको हो । अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रजनकलाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो । अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।
डोल्पा ठूलीभेरी नगरपालिकाको मतगणना सम्पन्न
ठूलीभेरीनगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुवर्ण बुढाले कुलखसेको चार हजार १७८ मतमा एक हजार २८६ मत ल्याएर ठूलीभेरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो ।
मुगुमा पहिलो महिला वडाध्यक्षमा निर्वाचित
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवामा जनता समाजवादीका उम्मेदवार कुञ्जुमा कुमाइ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।उहाँ जिल्लामै पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रुकुमको सानीभेरी गाउँपालिकामा बिष्ट र रोका विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सोमबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ ।
कनकासुन्दरी अध्यक्षमा कांग्रेसका दामोदर आचार्य, उपाध्यक्ष प्रेमकली बुढा विजयी
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो । अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भेरी ११ मा काँग्रेसबाट जैसीको प्यानल विजयी
बासुदेव शर्माजाजरकोट, जेठ २ गते । जाजरकोटको भेरी नगरपालिका ११ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद जैसीको पुरै प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर नेपालीलाई २ मतको मतान्तरले पछि पार्दै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । काग्रेसका उमेदवार जैसीले ४ सय ५८ मत प्राप्त गरी विजय हुनुुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपालीले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । काग्रेसको पकड मानिएको भेरी ११ सहिद लक्ष्मीप्रसाद आचार्यको भुमी हो । उता नलगाड ४ को वडा अध्यक्षमा काग्रेसबाट उमेदवार बनेका बद्री पन्तको प्यानलसहित वडा अध्यक्षमा वियजी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुमान रावललाई पराजित गर्दै पन्तको प्यानल नै विजय भएको हो । पन्तले ५ सय ४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो भने उहाँका निवकटतम प्रतिस्पर्धी गुमान रावलले ३ सय ५० मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा निर्वाचित पन्त क्रियाशील पत्रकार पनि हुन् । पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, रेडियो नेपालमा आबद्ध हुनुहुन्थ्यो । सहयोगी र सरल स्वभावका धनि पन्त फराकिलो मतकासाथ वडा अध्यक्षमा विजयी हुनु भएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी
त्रिवेणी गाउँपालिका सल्यानमा अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन बिजयी हुनु भएको हो ।
हुम्लामा दुई वडाअध्यक्षमा एमाले विजयी
पछिल्लो मत परिणाम अनुुसार हुुम्लामा दुई वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष विजयी हुनु भएको छ । यसरी एमाले वडाअध्यक्ष निर्वाचित भएका वडाहरुमा नाम्खा गाउँपालिका–१ र सिमकोट गाउँपालिका–५ मा रहेका छन् ।
स्वामिकार्तिकमा कांग्रेस विजयी
कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाअध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका छन् ।