हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी
जिल्लाकाे चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उहाँले गठबन्धन तर्फ नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मुसीकोटमा काँग्रेस विजयी
जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ ।
जनप्रतिनिधिले लिए शपथ : सधैँ राम्रो काम गर्न सुझाव
जिल्लाका ११ स्थानीय तहमा निर्वाचित हुनुभएका नगर प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचित प्रमुख तथा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले शपथ ग्रहण गराउनु भएको छ ।
जाजरकोटका पालिका प्रमुख र अध्यक्षले लिए शपथ
जाजरकोटका सातवटै पालिकाका नगर प्रमुख, पालिका अध्यक्षले शपथ ग्रहण लिएका छन् । मुख्य नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।
हुुम्लामा काँग्रेस र माओवादी बराबरी
स्थानीय निर्वाचनको हालसम्मको परिणाम अनुुसार हुम्ला जिल्लामा गठबन्धनका नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तीन तीन गाउँपालिकामा जित्न सफल भएका छन् ।
वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी
मुना हमालसुर्खेत, जेठ ५ गते । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी हुनुभएको हो । नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी हुनुभएको छ । प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभयो । एमालेले यस पटक वीरेन्द्रनगरमा काँग्रेसको गढ भत्काउँदै विजयी हासिल गरेको छ । एमालेले अघिल्लो निर्वाचनमा प्रमुखमा हारेको थियो । प्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपटक उहाँलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो । यसपटक गठबन्धनलाई हराउँदै नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं २ मा एमालेबाट गजबहादुर बुढा, वडा ३ मा विनोदसिंह विष्ट, वडा नं ४ मा शेरबहादुर के सी, वडा नं ५ मा लोकवहादुर शाही विजयी हुनुभएको छ । यस्तै, एमालेबाट वडा नं ८ मा टीकाराम शर्मा, वडा नं ९ मा ऋषि गिरी, वडा नं १० मा डिलबहादुर रखाल, वडा नं ११ मा खिमलाल देवकोटा, वडा नं १२ मा चुडामणि चपाई, वडा नं १४ मा देवबहादुर रोकाय र वडा नं १६ मा डण्डबहादुर विश्वकर्मा विजयी हुनुभएको छ । सोहीअनुसार वडा नं १ मा काँग्रेसका दिनेश खत्री, वडा नं ६ मा जनकबहादुर रावल, वडा नं ७ मा ध्रुव कुमार चपाई, वडा नं १३ मा दीपेन्द्रराज कोइराला र वडा नं १५ मा कृष्णबहादुर थापा विजयी हुनुभएको छ ।
जुम्लाको गुठीचौरमा काँग्रेस र समाजवादी विजयी
जुम्लाको गुठीचौर गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा विजेयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले एक हजार सात सय ७५ मत प्राप्त गरी विजेयी हुनु भएको छ ।
पैँसट्ठी पालिकाको मत परिणाम सार्वजनिक
कर्णाली प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना करिब अन्तिम चरणमा छ । कर्णालीका ७९ पालिकामध्ये बुधबार दिउँसोसम्म ६५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म मतगणना सम्पन्न भएका सबै पालिकालाई आधार बनाएर हेर्दा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेस्रो स्थानमा देखिएका छन् । काँग्रेसले २९, माओवादीले १९ र एमालेले १० पालिकामा जित हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले तीन र स्वतन्त्र चार पालिकामा विजयी भएका छन् । पाँच पालिकाको मत सार्वजनिक
पुस्तकालय सहायक छोडेर पालिका अध्यक्षमा विजयी
भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पुस्तकालय सहायक पदवाट राजिनामा दिएर राजनितीमा प्रवेस गर्नुभएका वीरबहादुर गिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।