छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द
सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
म्याद थपका लागि ठेकेदारको दौडधुप
कालीकोटको कोटवाडा विमानस्थलमा हवाईजहाज अवतरण होला त ? भनेर प्रश्न गर्नेले सैँतीस वर्ष बिताइसकेका छन्। सो विमानस्थल २०४२ साल जेठदेखि निर्माण थालिएको थियो। सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको दूरीमा रहेको कोटवाडा विमानस्थल निर्माणमा ३५ जना मजदुरले ज्यानसमेत गुमाइसकेका छन्। २०५८ सालको त्यो त्रासदी घटनामा धादिङको जोगीमाराका १७ जना मजदुरले ज्यान गुमाएका थिए। स्थानीय कृष्ण विष्टको घरमा बसेका ती मजदुरलाई सशस्त्र द्वन्द्वरत माओवादीको आशङ्कामा सेनाले कारबाही गरेको थियो। सो घटनामा छ महिनाको बालकसहित ३५ जनाले ज्यान गुमाएका थिए। ती मृतकको शवसमेत सेनाले बन्दै गरेको विमानस्थल क्षेत्रभित्रै गाडेका थिए।
कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
सिंजा संरक्षण सम्बन्धी विधेयक फिर्ताको प्रस्ताव
कर्णाली प्रदेस सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ लाई अघि नबढाउने भएको छ । सरकारले लामो समयदेखि छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको विधेयक फिर्ताको प्रस्ताव गरेको हो ।
वन र खोल्सामा प्याड
गत वर्षदेखि सुर्खेतका सामुदायिक विद्यालयले छात्राहरूलाई निःशुल्क रूपमा प्याड उपलब्ध गराउन थालेपछि उनीहरूलाई प्याडको समस्या हटेको छ। तर प्याड प्रयोग गरिसकेपछि विसर्जन गर्ने ठाउँ नहुँदा निकै समस्या भएको छ। छात्राहरूले अहिले पनि रगतले लतपतिएको प्याड आफ्नै झोलाभित्र राख्छन् र वनजङ्गल तथा खोलाखोल्सातिर लगेर फ्याँक्छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो। उनीहरूलाई प्याड दिइयो, विसर्जन गर्ने तरिका बताइएन, जसले गर्दा छात्राहरू प्रयोग भएको प्याड खोलानालामा फाल्न बाध्य भएका छन्।
सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने युवा पक्राउ
नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने एक ब्यक्ति जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका १३ खातीगुर्ताका २७ बर्षीय विष्णु गिरीलाई नक्कली कागजात सहित प्रहरीले पक्राउ गरेको हो ।
दश जनाको परीक्षण गर्दा आठमा कोरोना पुष्टि
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँमा दश जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । सिङ्गो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन बिधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
पहिरोको जोखिममा खाँडा गाउँ
कमल शर्मा दैलेख, भदौ ८ गते। लगातारको वार्षातका कारण नौमुले गाउँपालिका-८ चौराठा खाँडा गाउँ पहिरोको जोखिममा परेको छ। खाँडा गाउँको फेद भागमा पहिरो जाँदा खाँडा बस्तीका १० घर पहिरोको जोखिम परेका हुन्। नौमुले गाउँपालिका-८ का वडाध्यक्ष दीपक हमालले पहिरो गएको खाँडा गाउँका अधिकांश घर पहिरोको जोखिममा रहेको जानकारी दिनुभयो। उहाँले पहिरो जाँदा त्यहाँको ५० रोपनीमा लगाएको मकै बाली नष्ट भएको बताउनुभयो । उहाँले वडा कार्यालय बाट पहिरोको अवलोकन गरी आवश्यक सहयोगका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित रूपमा बस्न आग्रह गरिएको छ। बस्तीको सुरक्षाका लागि तटबन्धन र राहतको लागि पालिकालाई खबर गरिएको बताउनुभयो। नौमुले गाउँपालिका-८ का भवानी अधिकारीले पहिरो जाँदा आफूहरू राम्रोसँग सुत्न नपाएको बताउनुभयो। उहाँले पहिरोले लगाएको मकै बालीसमेत नष्ट भएपछि आफूहरू समस्यामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मकै भाँच्ने बेला भएको थियो पाक्न लागेको बालीसमेत पहिरोले बगाएको छ।’ नौमुले-८ कै दिलिप विकले पहिराले गर्दा मकै बाली नष्ट भएको र आफूहरूलाई खाद्यान्न सङ्कट पर्ने बताउनुभयो। लगातार पानी परेको खण्डमा बस्ती नै बग्ने खतरा रहेको छ ।
छाप्रोको बासमा बादी समुदाय
खाँडाचक्र नगरपालिका–१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आउनुभएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा हुनुहुन्छ । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो ।
उर्वर जमिन अधिग्रहण न घडेरी, न अन्नपात
रुकुमपश्चिममा रहेको नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन बाँझै रहेको छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहेको हो । नयाँ सहर आयोजनाअन्तर्गत चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।
निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हुम्लाले आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
विद्यालयमा कमसल स्यानेटरी प्याड वितरण
स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिने प्याड कमसल र गुणस्तरहिन वितरण गरेको पाइएको छ । नेपाल सरकारले स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रदान गर्ने प्याड गुणस्तरहिन भएको छात्राहरुले गुनासो गरेका छन् ।
सल्यान खलंगा–कालिमाटी कोहलपुर सडक खण्ड कालोपत्रे गरिने
सल्यान खलंगा कालिमाटी हुदै कोहलपुर वाँके जोडने सडक खण्ड कालोपत्रे गरिने भएको छ । शारदा नगरपालिका ८ मार्के हुदै कालिमाटी गाउँपालिका सिमा जर्खु सम्मको १० किलो मिटर सडक स्तोरोन्ती गर्नुका साथै कालो पत्रे गरिन लागिएको हो ।
बेवारिसे शव फेला
जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो ।
लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न ५६ जना पर्यटक पुगे सिमकोट
चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटकहरु सो स्थानमा जान लागेका हुन् ।
‘नागरिकता फेरियो, पुनर्जन्म भयो’
नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्र सच्चिएको छ । साबिक मेहेलतोली गाउँविकास समिति–६ (हाल भगवतीमाई गाउँपालिका–३) मेहेलतोलीका कविराम कामी र साबिक कट्टी गाविस–६ (हाल भगवतीमाई गाउँपालिका–५) का कर्णबहादुर कामीको नागरिकताको नयाँ प्रमाणपत्र जारी भएको छ ।
शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।
रक्तदानले गर्भवती महिलालाई जीवनदान
जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।
हुम्लामा छ महिनापछि २२ जनामा कोरोना पुष्टि
हुम्लामा परीक्षणका क्रममा छ महिनापछि कोरोना पुष्टि भएको छ । यहाँको अस्पतालका एक जना चिकित्सक सहित २२ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रजिअद्वारा सीमा क्षेत्रका प्रहरी चौकीको अनुगमन
प्रमुख जिल्ला अधिकारी सीता परियारले दुुई दिन लगाएर उत्तरी चीनसँगका सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गर्नुभएको छ । कोरोना कहरपछि चीनसँगको हिल्सा नाका बन्द रहेकाबेला उहाँको टोलीले त्यहाँ स्थापना भएर सुचारु हुँदैआएका प्रहरी चौकीको अनुगमन गरेका हो ।
शुल्क लिनु विद्यालयको बाध्यता
सुर्खेतस्थित सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थीको चापका कारण निजी शिक्षक राख्नुपर्ने बाध्यताका कारण अभिभावकबाट शुल्क लिनुपरेको बताएका छन्। राज्यले विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार, शिक्षक उपलब्ध गराएको अवस्थामा अभिभावकबाट कुनै पनि शुल्क नलिइनेसमेत बताएका छन्। जननमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले अभिभावकबाट रहरले नभई बाध्यतावश शुल्क लिनुपरेको बताउनुभयो। उहाँले शिक्षकको अनुपातमा विद्यार्थीको सङ्ख्या कैयन् गुणा धेरै भएकाले अभिभावकको सहयोगबिना पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो।
हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न स्वीकृत
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले यस वर्ष हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ । लिमिटेडले यो खाद्यन्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो ।
तिब्बतस्थित मानसरोवर तीर्थयात्रीका लागि बन्याे टेण्ट
राजन रावतहुम्ला, भदौ ४ गते । लाप्चाबाट तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि नाम्खा गाउँपालिका–१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ । काठमाडौं हुँदै नेपालगञ्जबाट सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो । पर्यटक व्यवसायी विजय लामाले भदौ ६ गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु हुने भएपछि धिंगामा क्याम्प खडा गरिएको बताउनुुभयो । उहाँले लेकधिंगामा एक सय जना पर्यटकहरु अट्ने गरी टेण्ट हालेर क्याम्प खडा गरिएको बताउनुुभयो । सो क्षेत्र बास बस्ने अन्य विकल्प नभएपछि बाहिरबाटै टेण्ट लगेर क्याम्प खडा गर्नुपरेको हो । भदौ ६ गते ५० जनाको टोली सिमकोट आइपुग्नेछ भने सोही दिन पैदलमार्गबाट लेकधिंगा बास बस्न जानेछ । लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । यसका लागि भदौमा पाँच वटा हेलिकोप्टरहरु सिमकोट आइपुग्ने तयारी गरिएको छ । तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सिमकोटमा भएका दशदेखि १२ वटा बोलेरो जीप बुक गरिएको छ । मिति निश्चित नभए पनि अङ्ग्रेजी महिना सेप्टेम्बरमा भारतीय सद्गुरू आउने कार्यक्रम तय भएको उहाँले बताउनुुभयो । उहाँसहित यसवर्ष एक हजारदेखि एक हजार ४०० सम्म धार्मिक पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुनेछ । गतवर्ष भदौ महिनामै उहाँले लाप्चाबाट ५० जना पर्यटकसहित मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । उहाँको यात्रापछि अन्य सात वटा भारतीय तथा अन्य धार्मिक पर्यटकले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । यसवर्ष सद्गुरूसहित धार्मिक पर्यटक धेरै आउने भए पनि केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी सीता परियारले सडकको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो ।
सामुदायिक विद्यालयले पठनपाठन बन्द गर्ने
वीरेन्द्रनगर सुर्खेतका सबै सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार वीरेन्द्रनगर–६ को जननमुना माध्यमिक विद्यालयमा छापा मारी उच्च अदालतको परमादेशविपरीत विद्यार्थीबाट शुल्क उठाएको आरोपमा दुई लाख ७६ हजार रुपियाँसहित विद्यालयका कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारको सो कार्यको विरोध जनाउँदै सुर्खेतका सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।