विपद् व्यवस्थापन कोषका लागि सात करोड बढी उपलब्ध गराउने कर्णाली सरकारको निर्णय
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो ।
राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता कर्णालीमा आयोजना
कर्णाली प्रदेशमा राष्ट्रियस्तरको यु–१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
स्तरोन्नति गरिँदै कर्णाली राजमार्ग
सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जनाएको छ ।
भूकम्पपछि बस्ती सुनसान
जिल्ला सदरमुकाम खलङ्गास्थित पिपलडाँडा बस्ती सुनसान भएको छ । जिल्ला सदरमुकामस्थित भेरी नगरपालिका–३, पिपलडाँडाका घर भूकम्पले क्षतिग्रस्त गरेपछि बस्ती सुनसान बनेको हो ।
चालु बजेट खर्च पैँतिस प्रतिशत मात्र
कर्णाली प्रदेश सरकारले जेठको पहिलो हप्तासम्म कुल बजेटको ३५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ १० सम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत रहेको हो । अघिल्लो वर्ष ३०.६७ प्रतिशत थियो ।
राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध
शङ्कर केसी सल्यान, जेठ १४ गते । गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान करिब ४ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । “सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको निर्माण व्यवसायीको जेसिबी ल्याएर पहिरो हटाउन सुरु गरिएको छ । सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न सुझाइएको छ ।
ज्येष्ठ नागरिकलाई रैथाने मनोरञ्जन
ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ ।
सुधारिँदै कर्णालीको आर्थिक सूचक
कर्णाली प्रदेशले आर्थिक परिसूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।
सल्यान बारमा भण्डारी
नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन भएको छ । सल्यान जिल्ला अदालत बार इकाइ सल्यानको १२ औं अधिवेशनबाट अधिवक्ता इन्द्रबहादुर भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो।
गाउँपालिकालाई चीनबाट तीन करोड १२ लाखकाे सामग्री सहयोग
हुम्ला, जेठ १३ गते । हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अलि प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधिसम्बन्धी उपकरणहरू प्रदान गरेको छ । सहयोग सामाग्रीहरू गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुराङ काउन्टीको विदेश मामिला हेर्ने निकायबीच भएको सहमति अनुसार तीन करोड १२ लाख २६ हजार ९२८ रुपियाँ बराबरको सहयोग सामाग्री प्रदान गरिने उल्लेख थियो । उक्त सहमति अनुसार एक्स्काभेटर, सूचना प्रविधि सामाग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने सम्झौतामा उल्लेख गरिएको थियो । अध्यक्ष सिंहका अनुसार पहिलो चरणमा सूचना प्रविधिसम्बन्धी सामग्री लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोट बुक कम्प्युटर ७ थान, मनिटर १०० थान, स्विच मेसिन २० थान, भिडियो रेकर्डर आठ थान, नेटवर्क केबल चार थान, मनिटर कालोमा १० थान, डेमो क्यामेरा सात थान र क्यास्टल हेडर पाँच थान—हस्तान्तरण गरिएको छ । यी सबै सामाग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको बताउनुभयो । चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान एक्स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने छ । विशेष गरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका (हुम्ला) र थुलुङ दुधकोसी गाउँपालिका (सोलुखुम्बु) लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो । अब केही समय पछाडि नाम्खा गाउँपालिकाले पनि उक्त सहयोग प्राप्त गर्नेछ ।
राजमार्गको स्तरवृद्धि सुस्त
राप्ती राजमार्गको दाङ–सल्यान खण्ड यस क्षेत्रको महत्वपूर्ण जीवनरेखा हो तर यो सडकखण्ड समयमै मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा यात्रु तथा स्थानीयलाई सास्ती भइरहेको छ ।
बालविवाहमुक्त पालिका घोषणा
जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । पालिकामा रहेका सात वटै वडा बालविवाहमुक्त घोषणा भएसँगै आइतबार सिङ्गो गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
आगलागीबाट नौ करोड क्षति
मुगुमा आगलागीका कारण पछिल्लो चार वर्षमा नौ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
वर्षायामको सुरुवातसँगै विपद् उद्धार नमुना अभ्यास
सम्भावित मौसमजन्य बिपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सल्यान प्रहरीले विपद् उद्धार अभ्यास गरेको छ ।
कुशे-२ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
जिल्लाको कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो २ः२४ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।
सल्यानमा जिप दुर्घटना : घाइतेमध्ये एक जनाको मृत्यु
सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारकै क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा
हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोली काँजी हिमालमा पुग्न सफल भएको छ ।
सुर्खेत–बर्दिया छोटो दुरीको सडक शिलान्यास
सुर्खेतको मूलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडक शिलान्यास गरिएको छ ।
शैक्षिक गुणस्तर सुधार्न छलफल
जुम्लाको तिला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शैक्षिक भेला गरेको छ । पालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग शनिबार भेलाको आयोजना गरी शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीले जानकारी दिनुभयो ।
सल्यानबाट दाङ जाँदै गरेको जिप दुर्घटना : नौ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सल्यानको रिमबाट दाङको तुल्सीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भएर आइतबार दुर्घटना भएको हो ।
देशको सङ्कट टार्न समीकरण आवश्यकः नेता ज्ञावाली
नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताउनुभयो ।
असिनापानीले बालीमा क्षति
जुम्लामा शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्याएको छ ।
पहिरो अनुसन्धान गर्न विज्ञ टोली लिमीमा
तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ पुगेको हो ।