मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन
पोखरा महानगरपालिका-३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ ।
नवलपुर जिल्ला लिग फुटबल सुरु
नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम कावासोतीको वडा नं. १२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्ने छ ।
विपन्न तथा एकल महिलालाई बाख्रा
गोरखाको गण्डकी गाउँपालिकाले विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरेको छ । आइतबार पालिकाभित्र रहेका विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागती खेतीमा
कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागती खेती गर्न थालेका छन् । जनशक्ति, मलखाद, कृषि पूर्वाधारको अभावका बिच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागती खेती गर्न थालेका हुन् ।
आगलागी पीडितलाई राहत प्रदान गर्न राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको आगलागीबाट पीडित व्यवसायीलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ ।
साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन
बागलुङको जैमिनी नगरपालिका-१ जैमिनीधामबाट पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । वि.सं.२०७३ असोज ९ गते ३० महिनामा सक्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।
‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको छ ।
मकैमा फौजी कीरा र फलफूलमा औँसाको सङ्क्रमण
लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।
आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ ।
जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला
बथानबाट छुटेको हुनसक्ने उक्त कस्तुरी मृगलाई कुकुरको बथानले आक्रमण गर्दा विमानस्थलको तारबार नजिकै मृत्यु भएको हुन सक्ने स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
राष्ट्रपतिको चासोपछि काममा सक्रियता
राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कामप्रति ध्यानाकर्षण गर्नु भएपछि काम अघि बढेको छ । राष्ट्रपति पौडेलसमक्ष जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि निर्माणप्रति चासो लिनुका साथै ध्यानाकर्षण गराएपछि काम अघि बढेको हो ।
किसानको बारीमा विद्यार्थी
नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको तनहुँको एक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ ।
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित हुनुभएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।
डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ ।
सेती दोहनः प्रहरी समात्छ, महानगर छाड्छ
पोखरामा महानगरको बिच भागबाट बग्ने सेती नदी कतै लुक्छ, कतै खुला भएर बग्छ । नदी खुला भएका ठाउँमा नदीजन्य पदार्थको उपयोगका लागि टेन्डर आह्वान गर्ने गरिएको छ ।
वर्षासँगै आएको हावाहुरीका कारण ५० घरमा क्षति
स्याङ्जामा वर्षासँगै आएको हावाहुरीका कारण ५० घरमा क्षति पुगेको छ । गल्याङका ४८ तथा वालिङका दुई घरमा क्षति पुगेको हो ।
आफ्नै कविता जस्तै जीवन बाँच्ने कवि
रोक्ने को हो दूरदर्शी विचारका धारा को हो नयाँ नेपालको बोक्ने अभिभारा ? जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो ।
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राती भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राती १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।
गैँडासँग पर्यटकको जम्का भेट
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा आफ्नै अगाडि एकसिंगे भाले गैँडा देखेपछि मख्ख पर्यटक ।
शालिग्रामको दोहन रोक्न शिलामै भगवानको नामाङ्कन
कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदीका शिलाको नामाङ्कन सुरु गरिएको छ । आइतबार मोहिनी एकादशीको अवसर पारेर शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो ।
कालाेपत्रे हुँदै पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन विस्तार अन्तर्गत पश्चिम खण्डमा पर्ने म्याग्दे गाउँपालिका–१ गुणादी नजिक सडक कालोपत्रे हुँदै ।
ठेकेदारकाे लापरबाहीले पुल निर्माण अलपत्र
विगत नौ वर्षदेखि मनाङका नासो गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबलपुल ठेकेदारका लापरबाहीका कारण अलपत्र छन् ।