झुटो उजुरी दिनेलाई कारबाही गर्न माग
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटो उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी हुनुभएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग
पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।
‘नमुना काम गरेका छौँ’
पश्चिम नेपालको सुगम र ठुलो उपमहानगर नेपालगन्जसँगै जोडिएको छ, डुडुवा गाउँपालिका । विकास निर्माणमा छिटो अगाडि बढ्ने चुनौती सामना गर्दै नरेन्द्रकुमार चौधरी लगातार दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शिक्षा, स्वास्थ्य, पशुपालन र कृषिका क्षेत्रमा देशमै नमुना काम गरेको उहाँको दाबी छ । प्रस्तुत छ, गाउँपालिकाका अध्यक्ष चौधरीसँग गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानले गर्नुभएको कुराकानी :
युडब्लुएसद्वारा १८ विद्यालय भवन निर्माण
युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ ।
किसानलाई वरदान बन्दै भेरी शीत भण्डार
पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।
निर्माण व्यवसायी सङ्घमा महिला नेतृत्व
लुम्बिनी निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल विजयी हुनुभएको छ । सङ्घमा पहिलो पल्ट महिला नेतृत्व स्थापित भएको हो ।
कमसल उप्काएर गुणस्तरीय कालोपत्रे
कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ ।
राजस्व चुहावट भएको आशङ्का
नेपालगन्ज भन्सार कार्यालयमा भन्सार तिरेको भए पनि राजश्व चुहावट भएको सूचनाको आधारमा चालु आर्थिक वर्ष २०८०–८१ मा नियमित जसो सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
लुम्बिनीमा विश्व शान्ति धाम पुन:निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच श्रमदान गर्दै धाम निर्माणको पुनः सुरुवात गरिएको हो। विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्काएर पुनः सुरुवात गर्नुभएको हो ।
विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि खेलाडी छनाैट
नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जिवन गिरीले बताउनुभयो ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।
चिनियाँ उपमन्त्री लुम्बिनीमा
चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ । उपमन्त्री वाङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गर्नुभएको थियो । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहित प्रवासी मित्रता सङ्घका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक गुआङ्दोङ, धार्मिक तथा सांस्कृतिक आदान प्रदान सङ्घका अध्यक्ष झाङ वेई सम्मिलित टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायतका विषयमा उपाध्यक्ष डा. लामाले ध्यानाकर्षण गराउनुभएको थियो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी हो : सांसद भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार र गरिबी भएको बताउनुभएको छ । जेसिस महाधिवेशनको कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
रुखबाट लडेर एकको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
चार महिनामा ५२ क्षयरोगी भेटिए
बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
अहिलेको व्यवस्था सबैभन्दा उत्तम हो : महामन्त्री थापा
रेखीराम रानातानसेन, मङ्सिर ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको व्यवस्था सबैभन्दा उत्तम व्यवस्था रहेको बताउनुभएको छ। शनिबार पाल्पाको तानसेनमा कांग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयता, शासकीय स्वरुपका विषयमा छलफल गर्न सकिने भए पनि व्यवस्थाको विषयमा छलफल हुन नसक्ने बताउनुभयो। केही दुई/चार जना नेताको कारणले व्यवस्था नै नराम्रो हो भन्ने तरिकाबाट कांग्रेस अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ। व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने उहाँको भनाइ छ। महामन्त्री थापाले यही संविधानलाई टेकेर शासकीय स्वरुप, सङ्घीयताको विषयमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। महामन्त्री थापाले भन्नुभयो, ‘‘कांग्रेस व्यवस्थाका विषयमा अलमलियो भने जनताले दुःख पाउने भएकाले अब कांग्रेस व्यवस्थाका विषयमा अलमलिनु हुँदैन। पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउँदै अगाडि जानुको विकल्प छैन। ’’ नागरिकले अहिले पनि राम्रो दिन आएको महसुस गर्न नपाएकाले राम्रो दिन आयो भनेर जनताले भन्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो। विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनको कारणले नागरिकमा व्यापक असन्तुष्ट रहेको महामन्त्री थापाले बताउनुभयो। देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली कांग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने महामन्त्री थापाले प्रष्ट पार्नुभयो । अन्य दललाई जस्तो कांग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने उहाँको जिकिर छ। अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि कांग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने बताउनुभएको छ। वि.स. २०४६ पछि सबै उच्च तहमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको महामन्त्री थापाले जानकारी दिनुभयो। कांग्रेसमा भएका थोरै मानिसले गरेको अपराधको भारी आठ लाख नेता कार्यकर्ताले बोक्नुपर्ने अवस्था आएको भन्दै सबैले खराब प्रवृत्तिविरुद्ध बोल्न सक्नुपर्नेमा उहाँको जोड छ। सरकारमा कांग्रेस भए पनि अहिलेको सरकारले यो काम गर्यो भनेर भन्न सक्ने अवस्था भने नरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
राजस्व छलीको ट्रक नियन्त्रणमा लिँदा व्यवसायी र प्रहरीबिच झडप
नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।
‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।
चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।
फिज्यान्ट संरक्षणमा चुनौती
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
प्रेमका प्रतीक रानीमहल
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि