शहीदको बलिदानले अहिलेको परिवर्तन सम्भव : महासचिव गुरुङ
नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले शहीदको बलिदानीले नेपालमा अहिलेको परिर्वतन सम्भव भएको बताउनुभएको छ।
निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको छ।
रिट दर्ताबारे माओवादी केन्द्रको असहमति
नेकपा (माओवादी केन्द्र) ले दश वर्षे जनयुद्धका क्रममा भएका घटनाबारे सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर पर्ने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।
प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गर्नुभएको छ।
सबै माओवादी घटकलाई एकताबद्ध हुन प्रधानमन्त्री प्रचण्डको आग्रह
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
नेपाली ढाँचाको पर्यटन आवश्यक : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘सुखानी काण्ड’को ५० वर्ष– झापा विद्रोहको सम्झना
फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना सहिद बन्नु भएको थियो ।
सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ ।
जसपाका ८० नेतालाई कारबाही सिफारिस
जनता समाजवादी पार्टी (जसपा) नेपालले आमनिर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने ८० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ। पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापा नेतृत्वमा गठित छानबिन समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हराउन भूमिका खेल्ने नेताको नामसहित विभिन्न स्थानका ८० जनालाई कारबाही सिफारिसको प्रतिवेदन शनिबार हस्तान्तरण गरेको छ।
सहयोग बढाउन आह्वान
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललगायत अति कम विकसित मुलुकलाई पछिल्लो समय बढ्दो ऋण र मुद्रा स्फीतिको चुनौतीबाट पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो रहेको प्रस्ट्याउनुभएको छ । अति कम विकसित मुलुकको शिखर सम्मेलनलाई कतारको दोहामा शनिबार सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले दोहा कार्ययोजना कसैलाई पनि पछि नछोड्ने सिद्धान्तमा आधारित नवीकरण र बलियो विश्वव्यापी साझेदारीको खाका भएकाले विकास साझेदारलाई सोको प्रभावकारी कार्यान्वयनका लागि ठोस र पर्याप्त सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी किन र कसरी गरिबी र अल्पविकासको मारबाट निरन्तर पीडित भइरहने भन्ने हाम्रोसामु ठूलो प्रश्न हो ।” सहयोगका कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त र प्रभावकारी उपाय र अर्थपूर्ण सहयोग अभाव यसको जवाफ भएकोसमेत उहाँले बताउनुभयो ।
स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्।
नयाँ भवनबाट बिर्तामोड नगर अस्पतालको सेवा सुरु
सभामुख देवराज घिमिरेले हरेक नेपालीले सर्वसुलभ रुपमा स्वास्थ्यमा पहुँच पाउनुपर्ने बताउनुभएको छ।
कफी पसलबाट खसेर सरोज उपाध्याय नेपालको निधन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको आज नयाँ बानेश्वर नजिक पर्ने शंखमुलस्थित रहेको एक कफी पसलबाट खसेर निधन भएको छ ।
दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताउनुभएको छ ।
प्रदेश बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घीय सरकारले आवश्यक कानून बनाएर पर्याप्त अधिकार दिनुपर्ने बताउनुभएको छ ।
‘विदेशीले नेपाललाई खेल मैदान बनाउन खोज्दैछन’
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेको आरोप लगाउनु भएको छ । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर सरकारले गल्ती गरेको उहाँले टिप्पणी गर्नुभयो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ ।
पदका लागि गठबन्धन भत्किँदैन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो ।
संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवम् परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ ।
जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
नेकपा (एमाले) का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।
पत्रकारितामा महिला सहभागिता बढ्दै
सभामुख देवराज घिमिरेले राजनीति, पत्रकारितालगायत हरेक क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढिरहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ गोष्ठीमा उहाँले हरेक क्षेत्रमा बढ्दो महिला सहभागिताको प्रचार कम भएको विचार व्यक्त गर्नुभयो ।
‘पाँच वर्ष एकैठाउँमा उभिन्छौँ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलबीच भएको समझदारी कार्यान्वयन हुने प्रस्ट पार्नुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौँमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जुनसुकै क्षति भए पनि पाँच वर्षका लागि भएको समझदारी कार्यान्वयन गरेरै छाड्ने उद्घोष गर्नुभएको हो ।