प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, माघ २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।
मलेसिया सरकारसँग सहकार्य गर्न तत्पर : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणका विषय सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुकसेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हकहितका विषयमा छलफल गर्नुभएको हो।
नेपाल-मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीको शपथ
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ।
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
उपप्रधानमन्त्री श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार दिउँसो छलफल भएको छ ।
मेडिकल रिपोर्ट सामान्य छ : घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा बेहास हुनुभएको नेता भुसाल बानेश्वरस्थित शिभिल अस्पतालमा भर्ना हुनुभएको थियो ।
जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ।
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
नागरिक उनमुक्ति पार्टीको अवरोधपछि प्रदेश सभा बैठक स्थगित
लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टीको अवरोधका कारण स्थगित भएको छ।
नेपालको विकासप्रति भारत सरकार सधैँ प्रतिबद्ध : राजदूत श्रीवास्तव
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नेतृत्वमा गएको ४ सदस्य नेपाली टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजसँग भेटवार्ता गरेको छ ।
सांसद अरुण चौधरी जेल चलान
प्रतिनिधिसभा सदस्य एवम् नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
माओवादी स्थायी समिति बैठक फेरि सर्यो
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि (शनिबार) दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच औपचारिक छलफल सुरु
मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ ।
पक्राउ पर्नु भएका सांसद चौधरीलाई आज अदालतमा बुझाइने
तेह्र वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ पर्नु प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ ।
रास्वपाले सरकार नछाड्ने, दुई दिन अझै पर्खने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।
सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।
यातायात क्षेत्र सुधारका लागि ६ सदस्यीय सुझाव कार्यदल गठन
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ
ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो ।
आर्थिक विकास र समृद्धिका लागि मिलेर काम गरौँ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।
परराष्ट्रमन्त्री डा. पौड्याल श्रीलङ्का प्रस्थान
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज (बिहीबार) कोलम्बो प्रस्थान गर्नुभएको छ ।