'अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ'
राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै (प्रत्यक्ष प्रसारण)
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्नुभएको हो ।
सांसदलाई प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्नु हुँदैन : ज्ञानबहादुर शाही
प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक ‘भर्चुअल’ रूपमा पनि बस्न सक्ने
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।
राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्नुहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ ।
नेपाल विश्वविद्यालय विधेयक सरकारले फिर्ता लैजानुपर्ने माग
विधायन व्यवस्थापन समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणाअनुसार नभएको भन्दै सांसदहरूले सरकारले फिर्ता लिनुपर्ने धारणा अघि सारेका छन् ।
खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउनु आवश्यक छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ।
मस्यौदा समिति बैठक : सांसदको राजीनामा बारे मतभिन्नता
प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको छ।
सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्छ : नेता नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो।
कांग्रेसलाई विपक्षी दलको मान्यता दिनुको कारण माग
सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।
उपाध्यक्ष अर्याल पार्टीको जिम्मेवारीबाट अलग
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नेकपा (माओवादी केन्द्र) को पार्टी सदस्य र जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै उहाँले सो घोषणा गर्नुभएको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु
राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतदानको गणना सुरु भएको छ। निर्वाचनमा तीन सय ४ मत खसेको थियो ।
राष्ट्रिय सभा उपनिर्वाचनमा ३०४ मत खस्यो : एक मत खस्न बाँकी
राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।
महाअभियोगको सम्बन्धी व्यवस्थाको छुट्टै मस्यौदा पेस गर्ने निर्णय
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाअभियोग सम्बन्धी व्यवस्थाबारे छुट्टै मस्यौदा बनाएर समितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ।
उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्ने व्यवस्था मिलाउन सांसदहरू सहमत
संसदमा पेश गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिनु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिनु हुने भएको छ ।
राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाबाट तीन विधेयक पारित
राष्ट्रिय सभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नु भएको छ।
संसदमा बाधा अड्काउ फुकाउ आदेश पेश
प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेश भएको छ ।