• १३ साउन २०८१, आइतबार

संसद् अधिवेशन अन्त्य गर्नेबारेमा छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता हुँदै । तस्बिर : अध्यक्षको निजी सचिवालय

काठमाडौं, वैशाख १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवासमा भएको भेटमा संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् चालू अधिवेशन अन्त्य गर्ने र छिट्टै बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारको छ । 

साथै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुसको भ्रमणबारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष तिमिल्सिना रुसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा त्यसतर्फ जानु भएको थियो ।