पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती
पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा-१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।
क्यानभासमा तीन देशका ‘नारी शक्ति’
नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगतकै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन ।
पहिरोमा पुरिएका ५ को खोजीकार्य जारी
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन
कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नति गर्ने
वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नति गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नुहुनेछ ।
विद्यालयका पदाधिकारीको राजीनामा माग
कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।
खोटाङमा थपिए दुई प्रहरी चौकी
खोटाङमा दुई ठाउँमा नयाँ प्रहरी चौकी थप गरिएको छ । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको हो ।
नेतालाई रिहा नगरे पुन: आन्दोलन गर्ने बङ्गलादेशी विद्यार्थी समूहको चेतावनी
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुन : सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा दुई सय पाँच जनाको मृत्यु भएको थियो ।
नुहाउने क्रममा करेन्ट लागेर मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाँउपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको भिड
मोरङको उर्लाबारी –२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनुभयो ।
अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षा मामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाउनुभएको छ ।
एक सयको क्षमता भएको कारागारमा सात जनामात्र कैदी
देशकै कम कैदीबन्दी रहने मनाङको कारागार भवन ठूलो र सुविधासम्पन्न छ ।
मध्य चीनमा पहिरोमा परी ११ जनाको मृत्यु
मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले जनाएको छ ।
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ, उत्पादन बढ्ने
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको आकर्षण
साउन महिना सुरु भएसँगै नेपालगन्जमा कपडा, चुरा, पोते र मेहन्दीको पसलमा छुटै रौनक देखिएको छ । हरियो पोशाक, चुरा र पोते किन्ने महिलाको स्थानीय कास्मेटिक, कपडा, चुरा र पोते पसलमा भिडभाड लागेको छ ।
नयाँ सरकारको दायित्व
भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् । दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ ।
गाउँमै सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी
गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा यहाँका ज्येष्ठ नागरिकमा खुसी छाएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् ।
पहिरोमा पुरिएका दुईको हेलिकोप्टरबाट उद्धार
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ।
पानीघट्ट बगाएपछि पिसानीमा समस्या
उत्तरी गोरखको धार्चे गाउँपालिका –२ को रुन्चेतमा ३ वटा पानीघट्ट बाढीले बगाएको छ । करिब ३ सय घरधुरीलाई अन्न पिसानीका लागि अहिले समस्या परेको छ ।
पर्यटक भित्र्याउन भानुमा फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने प्रमुख उद्धेश्यले १७ औं भानु कप फुटबल प्रतियोगिता हुने भएको छ ।
गुडिरहेको ट्रकमा आगो लाग्यो, ट्रक जलेर नष्ट
दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो ।
मार्चे लेक
धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र मार्चे लेक पर्यटकीय गन्तव्यको रुपमा समेत रहेको छ ।
सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालय जुम्लाले हालै ग्राभेल गरेको जुम्लाबाट मुगु जाने सडक ।
रुघा गाउँ
मुगुको सदरमुकाम गमगढीबाट देखिएको छायाँनाथ रारा नगरपालिका–१३ स्थित मुगु कर्णाली नदी किनारमा रहेको रुघा गाउँ ।