पॉचथरमा निशान प्रदर्शन
पाँचथरको याङवरक ४ थर्पुमा हरेक वर्ष वडादसैँको नवमी तिथिमा निशान प्रर्दशन गर्ने चलन छ।
पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन
यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ।
पुल नहुँदा दसैँमा यात्रा कष्टकर
पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या परेको छ। खोलामा पानीको प्रवाह धेरै हुँदा समस्या परेको स्थानीयले बताएका छन्।
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको कोलोराडोको सुन खानीमा १० जना फसे
अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
गाडी दुर्घटनामा १५ जना घाइते
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-४ लामिडाँडामा इभी गाडी दुर्घटना हुँदा पन्ध्र जना यात्रु घाइते भएका छन् ।
राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ : शंकर पोखरेल
सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।
दसैँ अघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् ।
१३ लाख मानिस उपत्यकाबाट बाहिरिए
एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।
सशस्त्र प्रहरीको दुई दिन काठमाडौँमा निःशुल्क बस सेवा
बडादसैं २०८१ को अबसरमा यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौको रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
महिला समूहले बिक्री गरे १२ लाखको खसी-बोका
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गठन भएका दुई महिला स्वावलम्वी कृषक समूहले १२ लाख रुपियाँ बराबरको खसी-बोका बिक्री गरेका छन् ।
कोहलपुरमा भएको दुर्घटनामा घाइते रोकाको मृत्यु
बाँकेको कोहलपुर–नेपालगन्ज रोडमा भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएकी २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ ।
सभामुखद्वारा बडादसैँको शुभकामना
सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम र कर्णालीका भेडा च्याङ्ग्रा पोखरामा
पोखराको सिम्पानीदेखि याम्दीसम्मको सडक छेउमा केही वर्षदेखि सेता च्याङ्ग्रा, भेडा र पश्चिमी लबजका व्यापारीहरु देखिन्छन् । दसैंका लागि सुदूरपश्चिम र कर्णालीका व्यापारी यहाँ आएर भेडा, च्याङ्ग्राका व्यापार गर्दैआएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ ।
अधिक मानवीय तथा संरचनामा क्षति
गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो ।
अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि
लहान–७ दुर्गा मन्दिरमा एक हजार ७८३ बोकाको बलि प्रदान गरिएको समितिले जनाएको छ । विहानदेखि बोका लिएर भक्तजनहरु भाकल गरेका बोकाको बलि प्रदान गर्न मन्दिर गएका थिए ।
गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते
गुल्मीमा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
राष्ट्रपति पौडेलद्वारा नौ कन्याको सामूहिक पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ ।
सडक र पुल निर्माण गर्न २५ अर्ब बढी आवश्यक छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले केही दिन अघिको वर्षाले भौतिक निर्माण क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभएको छ ।
महिलालाई स्वरोजगार बनाउन च्याउखेती तालिम
रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।