प्लाष्टिकको फूल र माला प्रयोगमा प्रतिबन्ध
आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ ।
दसैँमा खसी–बोका र च्याङ्ग्रा किन्नेको भिड (फोटो फिचर)
दसैं सुरु भएसँगै मासुका लागि बजारमा खसीबोका किन्नेको भीड लाग्दैआएको छ । अरु पर्वकोभन्दा दसैंमा मासु बढी खपत हुने हुनाले व्यापारीहरु काठमाडौंमा टाढा टाढाबाट खसी–बोका, च्याङ्ग्रा, भेडा तथा हाँस कुखुरा विक्रीका लागि ल्याउने गर्छन् । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरु काठमाडौंमा विक्रीका लागि व्यापारीहरुले ल्याउने गरेका छन् ।
डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ ।
दसैंमा पनि तनहुँ जलविद्युतको काम जारी
तनहुँको ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ ।
एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
दशैँघरमा भित्र्याइयो फूलपाती
तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।
उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको भीड
भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ । बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’ सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकको निःशुल्क आँखाको उपचार
१७ वर्षअघि जिल्लामा स्थापना भएको आँखा उपचार केन्द्रबाट ज्येष्ठ नागरिकको उपचारमा सहज हुँदैगएको छ । आँखा उपचार केन्द (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) ले स्थानीय तहसँग सहकार्य गरेपछि ज्येष्ठ नागरिकले निःशुल्क र सहज उपचार पाएका छन् ।
माण्डु हाइड्रोपावरको उत्पादन बन्द
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको उत्पादन बन्द भएको छ।
'मेलम्चीको पानी सिधै पिउन योग्य छ'
उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो ।
बागलुङमा चङ्गा चेट
बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।
मर्दी हिमाल छेउमै राखियो पर्यटन व्यवसायीको शालिक
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदार सिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ ।
तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
दसैँले सद्भाव र एकता वृद्धि गर्छ : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले एकआपसमा मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भीमफेदी दुर्घटना अपडेट : ३१ जना डिस्चार्ज
हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ ।
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
'भ्वाइस अफ धरान'का विजेता अनिश राई
भ्वाइस अफ धरान–२०८१ को विजेता धरान–१२ का अनिश राई बन्नुभएको छ ।
दशैँमा कब्जियतको समस्याबाट कसरी बच्ने ?
दशैँ भन्नेबित्तिकै खानपानको चाड भने बुझिन्छ । दशैँमा मासु र मासुजन्य परिकार बढी मात्रामा खाने गरिन्छ । मासु आफैंमा पौष्टिकताले भरिपूर्ण भए पनि चाडवाडमा खान नजान्दा अन्य बेलाको तुलनामा पेटसम्बन्धी स्वास्थ्य समस्या बढी देखिने चिकित्सक बताउँछन् ।
बसको सिसा लागेर घाइते बालिकाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइतेभएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् ।
भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
बुलबुले ताल
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ ।
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
धान खेतबाट अजिङ्गरको उद्धार
कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ ।