मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
कैलालीमा भएको सवारी दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । कैलालीको चुरे गाउँपालिका –१ का ३० वर्षीय बालकृष्ण कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ’
प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभएको छ।
भैरहवामा खाना महोत्सव हुँदै
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । उद्योग व्यापार सङ्गठनको आयोजनामा पुस १६ गते (डेसेम्बर ३१) भैरहवामा सडक खाना महोत्सव हुन लागेको हो ।
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।
सेनाले गोरखा–काठमाडौं पद यात्रा गर्ने
आगमी पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले यो वर्ष पनि गोरखा–काठमाडौं एकीकरण पद यात्रा गर्ने भएको छ ।
समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
एनपिएल क्वालिफायर : सुदूरपश्चिम र जनकपुरको पहिलो इनिङ (फोटो फिचर)
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
कोशीमा धान उत्पादनमा वृद्धि
कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताउनुभयो ।
‘दीर्घरोगीले मर्निङवाक गर्नु घातक हुन्छ’
चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।
सप्तकोशीको पानी नहरमा ल्याउन समस्या
सप्तकोशी नदीको पानी किसानका गरा गरामा पु¥याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी–मोरङ सिँचाइ योजनाका अधिकांश संरचना जीर्ण भएका छन् ।
त्रिविको सम्पत्ति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मङ्गलबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।
अल्पसङ्ख्यकहरुको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ ।
‘कोपमा सहभागिता मुलुककै लागि जरुरी छ’
पछिल्लो समय नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका विषयले विश्वको ध्यानाकर्षण गराएको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताले बताएका छन्।
सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ ।
अध्यक्ष डा. विष्टद्वारा शपथग्रहण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
ठुला दलप्रति भ्रम फैलाउने काम भइरहेको छ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताउनुभएको छ ।
रविसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस
कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ ।
विश्वमा नेपाल चिनाउने अङ्ग्रेजी अखबार
नागरिकलाई सुसूचित गर्ने र नेपालबारे विश्वलाई सही सूचना दिने उद्देश्यका साथ २०२२ पुस १ गते बिहीबारदेखि प्रशासन आरम्भ भयो– दी राइजिङ नेपाल ।
रोकिएन स्थानीय तहमा बेथिति
सरकारले स्थानीय तहको सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससम्बन्धी तालिम प्रदान गरे पनि स्थानीय तहमा बेथिति रोकिने क्रममा भने कमी आएको छैन ।
तीन व्यक्तित्व अभिनन्दित
ब्रिजवाटर एजुकेशन फाउण्डेशनले विभिन्न क्षेत्रमा योगदान गरेका तीन जना व्यक्तित्वलाई अभिनन्दन गरेको छ । राजधानीमा हालै आयोजित कार्यव्रmममा प्राडा मनप्रसाद वाग्ले, दिलभुषण पाठक र देवेन्द्ररमण खनाल अभिनन्दित हुनुभएको हो ।
नगर प्रहरीले डेढ हजार सर्पको गर्यो उद्धार
नगर प्रहरीले दुई वर्षको अवधिमा डेढ हजारभन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ५५४ सर्पको उद्धार गरेको हो ।
सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त
सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।
हिमाली क्षेत्रको जलवायु परिवर्तन अनुसन्धान गर्न विश्व संस्थासँग आग्रह
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।